आफ्नी ३ वर्षीया छोरीलाई भोकभोकै राखेर मारिन् यी आमाले

आफ्नी ३ वर्षीया छोरीलाई भोकभोकै राखेर मारिन् यी आमाले

रुसको किरोभ शहरमा बस्ने मारिया प्लेनकिनाले आफ्नी छोरीको हत्या गरेको सकारेकी छन् । उनले तीन वर्षीया छोरीलाई घरमा एक्लै छोडेर एक हप्तासम्म पार्टी गर्न गएकी थिइन् । 

छोरी क्रिस्टिनाले भोकाएर खप्नै नसक्ने भएपछि लुगा धुने पाउडर समेत खाएको पाइयो । ती बालिका नग्न अवस्थामा चिसो कोठामा भोककै कारण मरेकी थिइन् । कोठाभरि फोहर थियो । आमाले छोडेको अलिकति दही, चिकेन र ससेज उनले खाएकी थिइन् । 

पोहोर सालको भ्यालेनटाइन्स डेमा उनी एक हप्तासम्म पार्टी गर्नका लागि निस्केकी थिइन् । उनले फ्ल्याटमा पानी बन्द गरेर गएकी थिइन् । 

बालिकाको मृत शरीर हजुरआमा इरिना प्लेनकिनाले फेला पारेकी थिइन् । हजुरआमा नातिनीलाई तेस्रो जन्मदिनको शुभकामना दिन आएकी थिइन् । 

छिमेकीहरूले आमालाई पापिनीको संज्ञा दिएका छन् । आफ्नै सन्तानको क्रूर हत्याका लागि उनले आठदेखि २० वर्षको कारावास सजाय पाउने सम्भावना छ । 

घटनाको अनुसन्धान गर्दा प्लेनकिनाले छोरीलाई सात दिनसम्म फ्ल्याटमा थुनेर आफू चाहिँ बाहिर गएको देखायो । मनोविद्हरूले उनको दिमाग सद्दे रहेको र आफ्ना कुकृत्यका बारेमा पूर्ण अवगत रहेको बताए ।