विप्लव नेता पाण्डे पक्राउ

विप्लव नेता पाण्डे पक्राउ

दाङ : विप्लव नेतृत्वको नेकपाका जिल्ला स्तरीय नेता ईश्वरीप्रसाद पाण्डेलाई दाङ प्रहरीले पक्राउ गरेको छ । तुल्सीपुर उपमहानगर पालिका ८ कटकुइयाबाट सोमबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख हरिहर नाथ योगीले जानकारी दिए ।  

उनलाई जिल्ला प्रहरी कार्यालयमार्फत मुद्दा दर्ता गरिने तयारी भएको छ । पाण्डे दाङको पश्चिम क्षेत्र इन्चार्ज भएको प्रहरीले जनाएको छ ।