सुदूरपश्चिम प्रदेश सभामा नयाँ डिजिटल प्रविधि जडान, हिउदे अधिवेशन माघ ६ गतेदेखि

सुदूरपश्चिम प्रदेश सभामा नयाँ डिजिटल प्रविधि जडान, हिउदे अधिवेशन माघ ६ गतेदेखि

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा पुराना मेनुवल प्रविधिलाई प्रतिस्थापन गरी नयाँ डिजिटल प्रविधि जडान गरिएको छ । प्रदेश सभा सचिवालयले प्रदेश सभा भवनमा राखिएको मेनुवल प्रविधि हटाएर डिजिटल प्रविधि जडान गरेको हो ।

प्रदेश सभाले आइतबार आयोजना गरेको सञ्चारकर्मीहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा डिजिटल प्रविधि जडान भएको बताउनुभयो । उहाँले माइक, अडियो÷भिडियो रेकर्डिङ, साउण्ड सिस्टम, डिस्प्ले बोर्ड, कम्प्युटर, मिक्चर लगायतका डिजिटल प्रविधि जडान गरिएको बताउनुभयो ।

उहाँका अनुसार २७ वटा माइक, दुई वटा भिडियो क्यामेरा, दुई वटाडिस्प्ले बोर्ड, एउटामिक्सचर, एउटा कम्प्युटर लगायतका डिजिटल प्रविधि जडान भएको छ । प्रदेश सभाको गतिविधि युट्युवमा समेत प्रशारण गर्ने व्यवस्था गरिएको समामुख थापाले बताउनुभयो ।

सभाभित्रका काम कारवाहीको दृष्यहरु प्रसारण गर्दा पत्रकारहरुले अगाडि पछाडि दुबैतिरको भिडियो क्याप्चर गर्न सक्ने गरी दुई वटा क्यामेरा जडान भएको उहाँले बताउनुभयो ।

उहाँले युट्युव प्रशारणले गर्दा संसदमा नआएरै पनि संसद्भित्रको गतिविधिको रिपोर्टिङ गर्न पत्रकारलाई सहयोग पुग्ने बताउनुभयो । प्रदेश सभाको पाँचौ अधिवेशध माघ ६ गतेदेखि प्रदेश प्रमुख शर्मिला पन्त (त्रिपाठी) ले आह्वान गर्नु भएको छ ।