विमान दुर्घटनामा झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन

विमान दुर्घटनामा झुट बोलेको भन्दै इरानमा सरकारविरुद्ध प्रदर्शन

इरानले युक्रेनी विमान दुर्घटनामा आफ्नो गल्ती स्वीकार गरिसकेको छ । 'हामी दोषीलाई कारवाहीको लागि जोड दिन्छौं, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए, 'हामी पूर्ण र स्वतन्त्र छानविनका लागि इरानको विश्वास र तत्परता चाहन्छौं ।'

इरानले शनिबार ‘भुलवश’ विमान खसालेको स्वीकार गरेको थियो । तीन दिनअघि भएको सो दुर्घटनामा १७६ जनाले ज्यान गुमाएका थिए । 

यस विषयमा सरकारले झुट बोलेको भन्दै सयौंको संख्यामा प्रदर्शनकारीहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिनुअघि दुई विद्यालयका विद्यार्थीहरु मृतकलाई श्रदाञ्जली दिन भेला भएका थिए । विद्यार्थीले विमान खसाल्न जिम्मेवार र उक्त घटना लुकाउनेलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । 

इरानका सर्वोच्च नेता आयतूला अलि खामनेईतर्फ लक्षित गर्दै, 'मुख्य कमाण्डर राजीनामा गर र झुटो बोल्नेहरुलाई मृत्यु देउ' भन्दै नारावाजी गरेका थिए । सडक अवरुद्ध पारेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए । सुलेमानी मारिएको विषयमा उत्रिएको प्रदर्शनकारीको तुलनामा निकै थोरै भएको जनाइएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनको बारेमा अंग्रेजी र फारसी दुबै भाषमा प्रेरणदायी प्रदर्शनको सर्मथन गर्दै ट्वीट गरेका छन् ।