एमएम कप : विनोद चम्किँदा सुदूरपश्चिम सेमिफाइनलमा

एमएम कप : विनोद चम्किँदा सुदूरपश्चिम सेमिफाइनलमा

विनोद लामाले ७ विकेट लिएको दिन आइतबार सुदूर पश्चिम प्रदेश जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘डी’ अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशमाथि ९ विकेटको नतिजा निकाल्दै दोस्रो जित दर्ता गरेको सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो ।

इनरुवा रंगशालामा ६४ रनको लक्ष्य पच्छाएको सुदूरपश्चिम १० दशमलव २ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेटाउन सफल भएको हो । सुदूरपश्चिमका जितमा गजेन्द्र बोहराले ३४ रन बनाए । खड्क बोहरा १६ तथा र अरुण ऐरी १० रनमा अविजित रहे । 

गण्डकीका दीपेश खत्रीले १ विकेट लिएका थिए । त्यसअघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश २३ दशमलव ३ ओभरमा ६४ रनमा अलआउट भएको थियो । गण्डकीका खेलाडीलाई सस्तैमा रोक्न विनोद लामाले ७ विकेट लिएका थिए । 

गण्डकी किशोर महतोले सर्वाधिक १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । सुदूपश्चिम प्रदेशका विनोदले ७ विकेट,शेर मल्लले २ तथा बिक्रम ठगुन्नाले १ विकेट लिए । 

हारसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । यस्तै सोही समूह ‘डी’ मा रहेको मलेसिया ११ पनि बाहिरिएको छ ।