एमएम कप : मलेसिया एघार सुदूरपश्चिम सँग ८ विकेटले पराजित

एमएम कप :  मलेसिया एघार सुदूरपश्चिम सँग ८ विकेटले पराजित

मनमोहन मेमोरियल (एमएम) कपमा मलेसिया सेलेक्सन ११ ले कमजोर खेल प्रस्तुत गरेको छ।शनिबार इनरुवामा भएको खेलमा मलेसियालाई सुदूरपश्चिम प्रदेशले २२ ओभरमा ४९ रनमै अलआउट गर्‍यो। 

मलेसियाका लागि विरन्दीप सिंहले सबैभन्दा बढी २३ रन जोड्दा अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए। 

मलेसियालाई धरासायी पार्न सुदूरपश्चिमका शेर मल्लले ५ विकेट र विनोद लामाले ४ विकेट लिए। मल्ल खेलको म्यान अफ दि म्याच भए।

५० रनको लक्ष्य सुदूरपश्चिमले ७.२ ओभरमा २ विकेटको क्षतिमा पार गर्दै ८ विकेटको जित निकाल्यो।सुदूरका लागि खडक बोहरा र लोकेश बमले नटआउट १५-१५ रन जोडे।