मन्डपमा बेहुलीको आइक्यु परीक्षामा बेहुला फेल भएपछि विवाह रद्द

मन्डपमा बेहुलीको आइक्यु परीक्षामा बेहुला फेल भएपछि विवाह रद्द

भारतको उत्तर प्रदेशमा हुन लागेको एउटा विवाह रोकिएको छ । मन्डपमा बेहुलीले बेहुलालाई आइक्यु सोधेकी थिइन् । तर, बेहुलाले उत्तर दिन नसकेपछि विवाह नै रद्द भएको थियो । खुशबु सक्सेना र ओमवीर सिंहबीच विवाह हुदै थियो ।

विवाहमा पण्डितले मन्त्र पढिरहेका बेला बेहुलाले प्रस्टसंग उच्चारण गरेका थिएनन् । त्यो देखेर बेहुलीले गणितको सामान्य प्रश्न सोधेकी थिइन् । खुसबुले शंका लागेर मोबाइलमा आफ्नो नम्बर थिच्न लगाएकी थिइन् । तर आफ्नो मोवाईल नम्बर पनि थिच्न सकेनन् ।

यो देखेर खुशबुले ओमवीरको परिवारसँग सल्लाह गरिन् । उनले क्रमैसंग परिक्षा लिइन् । पहिलो सिक्का जोड्न लगाइन् तर उनले जोड्न सकेनन् । दोश्रो पटक टच स्क्रिन फोन दिइन् तर उक्त फोन देखेर ओमवीर निकै आत्तिए । यो सबै देखेर बेहु्लीले आफ्नो विवाह तोडेकी हुन् ।

केटा पक्षले केटी पक्षलाई सम्झाउन खोजेपनि बेहुलीले नै प्रस्टरुपमा इन्कार गरेका कारण जन्तीहरु फिर्ता गएका थिए ।