अब सुदूरपश्चिम बाट काठमाण्डौ जान पनि मोबाईलबाटै टिकट काट्न सकिने

अब सुदूरपश्चिम बाट काठमाण्डौ जान पनि मोबाईलबाटै टिकट काट्न सकिने

धनगढी : धनगढी–काठ्माण्डौंको रुटमा सञ्चालन हुने बसहरूको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले धनगढी–काठमाणडौंको रुटमा सञ्चालन भइरहेका बसहरूको टिकट अनलाइनबाटै काट्न सकिने प्रणाली सुरु गर्न लागेको हो ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले दैनिक आठ वटा टिकट ई–सेवा मार्फत आफ्नै मोबाइलबाटै काट्न सकिने गरी आइतबारबाट सेवा सुरु गर्न लागेको बताए ।

टिकटको माग बढेमा काठ्माण्डौं सँगै अन्य पहाडी रुटका बसको टिकटसमेत अनलाइनबाट काट्ने व्यवस्था मिलाइने छ ।