अत्तरिया महोत्सब को तयारी पुरा प्रदेश पर्यटनमन्त्री भट्ट द्धारा उदघाटन हुने

अत्तरिया महोत्सब को तयारी पुरा प्रदेश पर्यटनमन्त्री भट्ट द्धारा उदघाटन हुने

अत्तरिया : बिगतका बर्ष झै यो बर्ष पनि कैलालीको अत्तरीयामा हुने ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव’ हुने भएको छ । महोत्सबको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक अत्तरिया उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलनको आयोजना गरी तयारी पुरा भएको जनाएको हो ।

अत्तरियाको लामिताल परिसरमा यहि पुस २७ गते देखि माघ ७ गते सम्म आयोजना हुनेछ ।पाँचौ सस्करणकोको रुपमा ‘सम्वृद्ध सुदूरपश्चिम प्रदेशको आधार कृषि, पर्यटन र व्यापार’ भन्ने मुल नाराका साथ अत्तरियामा महोत्सवको आयोजना गरिन लागेको हो ।

महोत्सबको सुदुरपश्चिम प्रदेशका पर्यटन मन्त्री माया भट्टले उदघाटन गर्ने कार्यक्रम तय भएको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देबकोटाले बताए । महोत्सब मार्फत यस क्षेत्रमा औधोगिकरण लगानी बढाउन सन्देश दिने आयोजकको दाबी रहेको छ ।

देबकोटाका अनुसार नेपाल भ्रमण बर्षलाई सफल पार्न पनि महोत्सबले भूमिका खेल्ने छ । महोत्सवका लागी अत्तरियाका बिभिन्न ठाउँहरुमा स्वागतद्वारहरु निर्माण गरिएका छन् ।महोत्सबमा १ सय १५० ब्यबसायिक स्टलहरु निर्माण गरिएका छन् । गत बर्ष २५ ओटा होटल रहेकोमा यस बर्ष भने १० ओटा मात्रै होटलका स्टल राखिएको बताए ।

महोत्सव परिसरमा मदिरा सेवनमा समेत पूर्ण प्रतिवन्ध लगाएको महोत्सव मुल आयोजक समितिका संयोजक समेत रहेका देवकोटाले बताए ।बिगतका बर्षबाट पाठ सिकेर यस बर्ष सुरक्षामा पर्याप्त ध्यान दिइएको आयोजकले दाबी गरेको छ ।महोत्सवलाई १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । १० दिनसम्म संचालन हुने महोत्सवमा ३ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ५० र विद्यार्थीहरुका लागि ४० रुपैया टिकट कायम गरिएको छ । महोत्सवमा सारीरिक अपाङ्गता र जेष्ठ नागरिकलाई भने निःशुल्क गरिएको छ ।महोत्सबको मुख्य प्रायोजन एसिएन थाई फुडस प्राली को रमपम र प्रती चाउचाउले गरेको छ ।