बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

दार्चुला : दार्चुला प्रहरीले शैल्यशिखर नगरपालिका ४ की किशोरी बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३५ वर्षीय जयसिंह बोहरालाई १७ वर्षीया किशोरी बलात्कार आरोपमा मंगलबार नियन्त्रणमा लिएको हो हिजो बेलुकी घर नजिकै बालिका बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले आरोपित बोहरालाइ नियन्त्रणमा लिएको हो ।

पीडितले आफूलाई जरबजस्ती बलात्कार गरेको भन्दै फोनमार्फत जानकारी गराएपछि गोकुलेश्वरबाट प्रहरी परिचालन गरि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो ।