"एम्बुलेन्स खरीद प्रक्रियामा भ्रष्टाचार र अनियमितता भएको छैन", यी हुन प्रमाणहरु.......

"एम्बुलेन्स खरीद प्रक्रियामा भ्रष्टाचार र अनियमितता भएको छैन", यी हुन प्रमाणहरु.......

धनगढी ।  सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले एम्बुलेन्स खरीदमा केहि संचार माध्यमका समाचारमा आए जस्तो अनियमितता नभएको जनाएको छ।

टाटा कम्पनीका मिनी ट्रकलाई एम्बुलेन्स बनाएर तीन करोड बढी रूपैयाँ भ्रष्टाचार गरेको, कमसल र पुराना गाडीहरूलाई एम्बुलेन्स बनाएर स्वास्थ्य संस्थालाई बाँडेको आरोप सहित केही संचारमाध्यमले समाचार प्रकाशित गरेपछी मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै समाचारमा भनिएजस्तो भ्रष्टाचार नभएको र राम्रा एम्बुलेन्स बाँडेको दाबी सहित खरिद संग सम्बन्धित प्रमाणहरु सञ्चार माध्यममा सार्वजनिक गरेको हो।

सार्वजनिक खरीद ऐन नियमावली बमोजिम सबभन्दा कम रकम कबुल गर्ने टाटा मोटर्स लिमिटेडबाट एम्बुलेन्स खरीद गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा बाँडिएका एम्बुलेन्स २०१४ को ४०७र०३१–४ २१२१ मोडेलको नभई २०१९ मा बनेको एसएफसी ४०७र३१ ४८४ बीएस४ मोडेलका वातानुकूलित एम्बुलेन्सहरू रहेको दाबी गरिएको छ। 

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरबहादुर बिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाडीको मूल्य १९ लाख ४५ हजार भारतीय रूपैयाँ ९३१ लाख १२ हजार नेपाली रूपैयाँ० र उपकरण जडानमा सात लाख १५ हजार रूपैयाँ समेत गरी प्रतिगाडी खरीदमा ३९ लाख सात हजार रूपैयाँ रहेको जनाइएको छ। साथै विज्ञप्ती मार्फत मन्त्रालयले भ्रामक र अपुष्ठ समाचारमा विश्वास नगर्न र सत्यतथ्य बुझेर मात्र समाचार जस्तो महत्वपुर्ण विषयमा संवेदनशिल भएर कार्यगर्न सञ्चार जगतलाई आग्रह समेत गरिएको छ । 
मन्त्रालयले सार्वजनिक गरेको प्रेस विज्ञप्ती सहित खरिद संग सम्बन्धीत महत्वपुर्ण दस्तावेजहरु :