घूसका लागि भैंसी लिएर सरकारी कार्यालय पुगिन् महिला

घूसका लागि भैंसी लिएर सरकारी कार्यालय पुगिन् महिला

भारतको मध्य प्रदेशस्थित सीधी जिल्लाको तहसीलदार कार्यालयमा मंगलवार एक महिला भैंसी लिएर गइन् । महिलाले आफ्नो नाम परिवर्तन गर्न निवेदन दिएकी थिइन् अनि त्यहाँका कर्मचारीहरूले उनीसँग घूस मागे । घूस दिने पैसा नभएकाले आफूसँग भएको भैंसी लिन उनले अधिकारीहरूलाई आग्रह गरिन् । 

अधिकारीहरूले भैंसी फर्काए अनि घूस मागेको आरोप पनि खारेज गरिदिए । गत नोभेम्बर १४ मै नाम बदलिसकेको र महिलाले भैंसी लिएर आउनु षड्यन्त्रको एक अंग भएको उनीहरूले बताए । भैंसी लिएर जाने महिला रामकली पटेल चाहिँ आफूसँग घूस मागिएको बताउँछिन् ।

रामकलीले भनिन्, ‘मैले पैतृक सम्पत्तिमा नाम बदल्नका लागि निवेदन दिएकी थिएँ । मसँग अधिकारीहरूले १० हजार भारु मागियो । मैले पैसा दिएँ तर मेरो काम अहिलेसम्म पनि भएको छैन । मसँग फेरि पैसा मागिएको छ । पैसा नभएकाले म भैंसी लिएर आएकी हुँ ।’

तहसीलदार माइकल टिर्कीले रामकली घूस लिन भैंसी लिएर आएको बताइन् । त्यसमा कारवाही चलिरहेको उनले बताए ।