सुदूरपश्चिम जान मोबाइलबाटै टिकट काट्न सकिने

सुदूरपश्चिम जान मोबाइलबाटै टिकट काट्न सकिने

सुदूरपश्चिमका जिल्लामा उत्कृष्ट सेवा दिँदै आएको महाकाली यातायातको टिकट अनलाइनबाटै काट्न सकिने भएको छ ।

महाकाली यातायात बहुउद्देश्यीय कम्पनी प्रालिबाट सञ्चालिन महाकाली यातायातले यात्रुलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइन टिकटिङ सुरु गरिएको कम्पनीका अध्यक्ष डम्बरराज पन्तले बताए । 

कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरु गरेको हो । योसँगै महाकाली यातायातबाट काठमाडौं महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ ।

यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट काट्न सक्नेछन् । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेसन, आईएमई पे, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत् समेत टिकट काट्न सकिनेछ ।