सन्दीपको टिम मेलबर्नको खेल आज

सन्दीपको टिम मेलबर्नको खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) अन्तर्गत आज सिड्नी थन्डरसँग प्रतिस्पर्धा गर्दै छ ।

मेलबर्नको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ः५५ मा सुरु हुनेछ । आजको खेलमा मेलबर्न पाँचौं जितको खोजीमा रहनेछ । लिगमा ६ खेल खेलेको मेलबर्न पाँच जित र एक हारसँगै शीर्ष स्थानमा छ ।

सिड्नी भने ७ अंकसाथ चौथो स्थानमा छ । आजको खेलमा सन्दीपले खेल्ने सम्भावना लगभग पक्का छ । सन्दीपले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

सन्दीपले लिगमा पाँच खेलमा ६ विकेट लिएका छन् । कुल १६ ओभर बलिङ गरेका उनले १०८ रन खर्चेका छन् ।