बिहेकै भोलिपल्ट पत्नीले भनिन्– म त अर्कैकी हुँ, त्यसपछि यसो गरे पतिले

बिहेकै भोलिपल्ट पत्नीले भनिन्– म त अर्कैकी हुँ, त्यसपछि यसो गरे पतिले

कुनै पतिले पत्नीको प्रेमीको बारेमा खबर पाएपछि बेस्सरी झैझगडा हुन्छ अनि प्रहरी तथा अदालतसम्म पनि कुरा पुग्छ । तर भारतको भोपालमा एक पतिले आम अपेक्षा विपरीतको काम गरेका छन् । 

भोपालमा गत जेठमा एक युवतीको बिहे रेलवेमा काम गर्ने एक युवकसँग भयो । तर बिहेकै भोलिपल्ट पत्नीले अरू कसैलाई प्रेम गर्ने भएकाले पत्नीधर्म निर्वाह गर्न नसक्ने बताइन् । 

रेलवे अधिकारीले पहिले नै यो कुरा किन नभनेकी भनी सोध्ला माइतका मानिसले आफ्नो कुरै नसुनेको र मर्ने धम्की दिएकोले बाध्य भएर विवाह गरेको बताइन् ।

पत्नीको कुरा सुनेपछि रेलवे अधिकारीले उनको प्रेमीलाई भेटे अनि भोपाल परिवार अदालतमा गएर पारपाचुकेको निवेदन दिए । पत्नीलाई कानूनी रूपमै प्रेमीसँग भेटाउन उनले पहल गरे । 

पत्नीलाई प्रेमीकहाँ लगेको र प्रेमीले पनि उत्ति नै मायाप्रेम गर्ने गरेको थाहा पाएको रेलवे अधिकारीले बताए । प्रेमीको अनेकौं परीक्षा लिएर ऊ सही हो भन्ने लागेपछि उसलाई पत्नी बुझाएको ती अधिकारीले बताए । 

रेलवे अधिकारीकी पत्नीले आफ्नै कार्यालयका सहकर्मीसँग प्रेम परेको तर प्राइभेट जब गर्ने केटालाई पिताले बिहे गराएदिन नमानेको बताइन् । भारतीय सेनाबाट रिटायर भएका पिताले सरकारी जागिरमै भविष्य सुनिश्चित हुने ठानेको उनले भनिन् । 

पारपाचुकेको यो अनौठो केसका विषयमा परिवार अदालतका परामर्शदाताले दुवैजना वयस्क भएकाले पारपाचुकेको निर्णय लिने अधिकार उनीहरूसँग रहेको बताए । त्यसैले अदालतले तलाकका लागि सिफारिश गरेको छ ।