नेपाली खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घकाे वरीयतामा १४औँ स्थानमा

नेपाली खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घकाे वरीयतामा १४औँ स्थानमा

नेपाली किशोर खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन महासङ्घको वरीयतामा जुनियरतर्फ १४औँ स्थानमा परेका छन् । 

पछिल्लो वरीयतामा ३२औँ स्थानमा रहेका प्रिन्सले १८ स्थान सुधार गरेका हुन् । विश्व वरीयतामा नेपाली खेलाडीले हासिल गरेको यो सबैभन्दा राम्रो स्थान हो ।

लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइरहेका प्रिन्स चार महिनाअघि दुबई इन्टरनेशनल सिरिजमा उपाधि जितेपछि शीर्ष ५० वरीयतामा समावेश भएका थिए ।

पछिल्लो पटक प्रिन्स तीन हप्ताअघि भारतमा भएको जुनियर इन्टरनेशनल सिरिजको क्वाटरफाइनलमा पराजित भएका थिए ।