एसपिएका विद्यार्थी द्धारा खाजा खर्चको पैसा बचाएर स्कुलमा सहयोग

एसपिएका विद्यार्थी द्धारा खाजा खर्चको पैसा बचाएर स्कुलमा सहयोग

धनगढी । सुदुरश्चिमाञ्चल एकेडेमी (एसपिए) मा कक्षा १२ का मानविकी संकायमा अध्यनरत विद्यार्थीहरुले जाडोको पञ्जा र मोजा बितरण गरेका छन् । 
धनगढी उपमहानगरपालिका वडा नं २ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयका कक्षा १ र २ का ससाना विद्यार्थीहरुलाई उक्त पञ्जा र मोजा बितरण गरेका छन्।
 शैक्षीक सत्र २०७६ को वार्षिक खेलको पहिलो दिनको मौका पार्दै सोमबारका दिन उक्त सामाग्री प्रदान गरिएको हो। आफ्नो १ दिनको खाजा खर्च बचाई सामाजमा भलो होस् र न्यानो छेक्न सानो  सहयोग होस् भन्ने उदश्यले उक्त योजना बनाइएको मानविकी संकायका अध्यनरत कलेज क्याप्टेन  स्यामुल न्यौपाने बताउनुभयो । ।
समारोहमा एकेडेमीका परिक्षा संयोजक तथा ग्रामिण विषयका उप प्राध्यापक टंक प्रसाद जोशीले स्कुलका प्राचार्य लाइ पन्जा र मोजा हस्तान्तरण गर्नु भएको थियो।