नासु तर्फ एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी

नासु तर्फ एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी

लोकसेवा आयोगले नायब सुब्बा (नासु) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी गरेको छ।

आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी गरेको हो।

यसको गृहकार्य अन्तिम चरणमा पुगेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने तयारी गरेको हो।

संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा नायब सुब्बा स्तरमा एक हजार पद रिक्त छ।

रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा आयोगले पदपूर्ति गर्न लागेको आयोगले जनाएको छ।

कृषि, वनलगायत अप्राविधिक सेवातर्फ झन्डै ५ सय, प्रशासनतर्फ ४ सय, लेखातर्फ १ सय बढी र राजस्वतर्फ झन्डै ५० पदमा विज्ञापन गर्न लागिएको छ।