धनगढीमा वडा स्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने

धनगढीमा वडा स्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने

धनगढीमा वडा स्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजनामा वडा स्तरीय भेट्रान भलिबल प्रतियोगिता हुने आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ ।

धनगढी उपमहानगरपालिकाका वडाहरुको टीमले सहभागीता जनाउने प्रतियोगिताको विजेताले नगद ४१ तथा उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउने वडा नम्बर ४ का वडाध्यक्ष तथा प्रतियोगिताको संयोजक दिपक थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद दुई तथा तीन विधाका उत्कष्ट खेलाडीलाई नगद एक हजार पाँच सय सहित पुरस्कार प्रदान गरिने वडाध्यक्ष थापाले बताउनुभयो ।

प्रतियोगितामा सहभागी टीमका खेलाडीहरुको उमेर ३५ बर्ष पुरा भएको हुनुपर्ने नियम बनाईएको छ । प्रतियोगिता वडा नम्बर ४ मा रहेको एक सय ८ फिट अग्लो शिललिङ रहेको शिवपुरी धामको परिसरमा आयोजना गरिनेछ । पुस २४ गतेदेखि २६ गतेसम्म आयोजना हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी टीमलाई दुई समुहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । लिग चरणका खेलहरु वेष्ट अफ थ्री र सेमिफाईनल र फाईनलका खेलहरु वेष्ट अफ फाईबका आधारमा सञ्चालन हुने प्रतियोगिताको प्राविधिक समितिले जनाएको छ । प्रतियोगिता आयोजना गर्न झण्डै दुई लाख वढी रकम खर्च हुने अनुमान गरिएको छ ।