पुस २१ गतेबाट धनगढीमा हुने भनिएको अपी सैपाल महिला गोल्ड कप अब माघमा हुने

पुस २१ गतेबाट धनगढीमा हुने भनिएको अपी सैपाल महिला गोल्ड कप अब माघमा हुने

धनगढी : पुस २१ गतेबाट हुने भनिएको अपी सैपाल महिला गोल्ड कप मिति सरेको छ । पुस २१ गतेदेखी माघ १ गतेसम्म हुने भनिएको गोल्ड कप प्राबिधिक कारणले सरेको आयोजकले जनाएको छ ।

श्रि शैलेश्वरी स्पोर्टस क्लवको आयोजनामा धनगढीमा हुने भनिएको महिला गोल्ड कप माघमा हुने गरी सरेको हो । क्लवकी महासचिव डम्मरी महराले कैलाली जिल्ला फुटबल संघलाई निबेदन लेख्दै गोल्ड कप सरेको जानकारी दिएकी छिन् ।

बिबिध प्राबिधिक कारण तथा तयारी अभावका कारण गोल्ड कप सार्नुपरेको निबेदनमा उल्लेख गरिएको छ । अब सो गोल्ड कप माघमा सञ्चालन हुने उल्लेख छ ।