नाक लामो भएकै कारण तोडियो सम्बन्ध

नाक लामो भएकै कारण तोडियो सम्बन्ध

धन सम्पत्तिको लोभमा मानिसहरु आफ्नो सम्बन्ध तोड्ने गर्छन् । तर के तपाईले लामो नाक भएकै कारण सम्बन्ध टुटेको खबर सुन्नुभएको छ ? यदि छैन भने आज हामी तपाईलाई लामो नाककै कारण सम्बन्ध बिच्छेद भएको खबर सुनाउने छौँ ।

भारतको ब्यांगलोरमा एक महिलाले एक पुरुषलाई रिजेक्ट गरेकी छिन् । उक्त महिला र ति पुरुषबीचमा विवाह हुन लागेको थियो । उनीहरु दुईबीचमा इंगेजमेन्ट समेत भईसकेको थियो । तर महिलार्ला इंगेजमेन्ट पछि उक्त पुरुषको नाक ठूलो भएकै कारण विवाह गर्न मानिनन् ।

विवाह गर्न नमानेपछि पुरुषले आफ्नो मान हानी गरेको भन्दै उक्त महिला र उनको परिवारलाई अदालतमा मुद्दा हालेका छन् । बेंगलोरमा बस्ने रमेश नाम गरेका ति पुरुष र रश्मि नाम गरेकी ति महिलाको भेट मेट्रीमोनियल नामक वेवसाइटको माध्यामबाट भएको थियो ।

रमेश सफ्टवेयर इन्जिनियर हुन् भने रश्मि अमेरिकामा जब गर्छिन् । दुबै परिवारको सहमतिमा उनीहरुको विवाह हुन लागेको थियो । उनीहरुले सेप्टेम्वर ९ सन् २०१९ मा इन्गेजमेन्ट गरेका थिए । उनीहरुको यहि २० जनवरीमा विवाह हुने मिति पक्का भईसकेको थियो ।

रमेशका अनुसार विवाहको तारिख तय भईसकेपछि होटल देखि लिएर क्याटरिङ्गसम्मको बुकिङ्गको व्यवस्था गरिएको थियो । होटलहरुलाई एडभान्स पनि दिइसकिएको थियो । त्यति मात्र होइन, कपडा तथा गिफ्टमा पनि ४ लाख खर्च भएको थियो । तर यो बेलामा आएर रश्मीले धोका दिइन् ।

उनले रमेशको नाक लामो भएकोले मजाक उडाइन र प्लाष्टिक सर्जरी गर भन्दै सम्बन्ध तोडिदिइन् ।