ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत

ज्येष्ठ नागरिक दिवसकै दिन ७४ वर्षीया बृद्धा बलात्कृत

डोटी : विश्वभरी २८ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहेको दिन डोटीमा एकजना बृद्धा बलात्कृत भएकी छन् ।

सोमवार बिहान ७ बजेतिर आफ्नो गाउँबाट छिमेकी गाउँ जाने क्रममा बडीकेदार गाउँपालिका ३ की ७४ वर्षीया बृद्धा बलात्कृत भएकी हुन ।

उनलाई बाटोमा एक्लै हिँडिरहेको देखेपछि बोगटान गाउँपालिका१ सिमचौर पान्सा घर भएका करिब २२ वर्षीय गणेश भनिने एकेन्द्र धामीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले एकेन्द्रलाई नियन्त्रणमा लिइ प्रहरीको जिम्मा लगाएका थिए ।

बलात्कारको आरोप लागेका धामी प्रहरीकै नियन्त्रणमा छन् । उनीबिरुद्ध जवरजस्तीकरणी सम्बन्धी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक धु्ब्र बिष्टले जानकारी दिनुभयाे ।

उक्त घटनासहित डोटी जिल्लामा साउन यता बलात्कारका पाँच घटनाहरु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।