बीग बासमा सन्दीपको कमाल : लिए तीन विकेट

बीग बासमा सन्दीपको कमाल : लिए तीन विकेट

जारी अस्टेलियन टी–२० क्रिकेट बीग बास लिग (बीबीएल) मा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले आफ्नो पाँचौँ खेलमा तीन विकेट लिएका छन् । मेल्बर्न स्टार्समा आवद्ध सन्दीपले शनिबार जारी मेल्बर्न रेनेगर्डसँगको खेलमा चार ओभर बलिङ गर्दै तीन विकेट लिएका हुन् ।

उनले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए । १५औँ आभेरमा तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन्। 

त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उने पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे। उनले अन्तिम विकट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । उनले अन्तिम ओभरमा तीन रनमात्र खर्चिएर एक विकेट लिएका हुन् । 

सन्दीपले चार ओभर बलिङ गर्दा २६ रन खर्चिएर तीन विकेट लिएका हुन् । टस हारेर पहिलो ब्याटिङ गरिरहेको रेनेगगर्डसले अहिले १८ ओभरमा सात विकेट गुमाउँदै १२९ रन जोडेको छ।