सागमा पदक विजेतालाई एकलाख नगदसहित सम्मान

सागमा पदक विजेतालाई एकलाख नगदसहित सम्मान

कञ्चनपुर : १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)  मा उस्सुतर्फ कास्य पदक विजेता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का किरण सिंह साउदलाई शुक्रबार नगद रकमसहित सम्मान गरिएको छ। 

शुक्रबार नगरपालिकाले एक लाख ११ हजार एकसय एक नगद रकमसहित साउदलाई सम्मान गरिएको हो। कास्य पदक विजेता साउदलाई नगर प्रमुख दिलबहादुर ऐर र उप प्रमुख तुलसीदेवी हमाल लगायतले नगद रकमसहित सम्मान गरेका हुन्। 

सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख ऐरले खेलकुदका माध्यमबाट नगरको शिर उच्च राख्ने खेलाडीको उच्च सम्मान गर्दै आएको बताए। पदक विजेता खेलाडी साउदलाई सम्मान कार्यक्रमपछि नगर परिक्रमा समेत गरेको छ।