धनगढी : राष्ट्रिय गोजुरियो कराते दो संघ का केन्द्रिय महासचिव प्रकाश चन्द सम्मानित भएका छन । फोकस नेपाल संस्था द्धारा आयोजित नेपाल भ्रमण बर्ष २०२० को विशेष समारोहमा चन्द सम्मानित भएका हुन ।
बिगत लामो समय देखि खेलकुद क्षेत्रमा काम गर्दै आएका चन्दलाई सम्माननीय पूर्ब प्रधानन्यायाधीश तथा मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले सम्मान गर्नु भएको हो । चन्दले खेलकूद क्षेत्रमा दर्जनौं राष्ट्रिय तथा आमन्त्रण अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्न सफल भईसक्नु भएको छ ।
भने अन्तर्रा्ष्ट्रिय करातेको निर्णायकका साथै गुरुकुल सिक्युरिटी सर्बिसेसमा सयौं जना लाई सुदुरपश्चिममा नै रोजगार दिन सफल हुनु भएको छ । उनले प्रहार यौन हिंसा विरुद्ध को अभियान अन्तर्गत दस हजार बन्दा बढी महिलाहरु लाई निशुल्क आत्मरक्षाको तालिम समेत दिन सफल भएका छन ।
उनले सम्मानित भएपछि आफुलाई यो सम्मानले सौभाग्य प्राप्त भएको प्रतिक्रिया दिएका छन । साथै उक्त सम्मानले अझै खेलकुदको क्षेत्रमा र महिला हिंसाको क्षेत्रमा धेरै काम गर्न उत्प्रेरित गरेको बताएका छन ।