धनगढी– अर्थ मन्त्री डा. युवराज खतिवडाले सुदूरपश्चिमको विकासका लागि ठूला मालबाहक गाडी आउन सक्ने गरी अन्तर्राष्ट्रिय नाका आवश्यक रहेको बताउनुभएको छ ।
अर्थ मन्त्री खतिवडाले आज धनगढीमा कैलाली उद्योग बाािणज्य संघले आयोजना गरेको कार्यक्रममा बोल्दै ठूला मालबाहक गाडी आउन सक्ने खालको अन्तर्राष्ट्रिय सीमा नाकाका लागि भारतसित कुरा भइरहेको बताउनुभयो । महाकाली नदी माथि बनिरहेको चार लेनको पुलको काम सकिना साथ भारतसित वार्ता गरी पश्चिममा नाका खोल्ने बिषय सरकारको प्राथमिकतामा रहेको उहाँले बताउननुभयो । अन्तर्राष्ट्रिय नाका नभए विकास कुण्ठित हुने कुरा बुझेर नै सरकारले काम गरिरहेको उहाँको भनाई छ । गौरीफनटा नाकाको स्तरोन्नतिका लागि पाि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।
धनगढीको भन्सार कार्यालय देखि अत्तरिया सम्म बनिरहेको ५ लेनको उत्तर दक्षिण सडकका लागि बजेट अभाव हुन नदिइने उहाँले बताउनुभयो । यो सडक सरकारको राष्ट्रिय प्राथमिकतामा परेको र धनगढीमा मात्रै नभएर देश भरी तराईका सदरमुकामहरुलाई भारतीय सीमासित जोड्नका लागि बनाइदै गरेका सबै सडकका लागि बित्तिय स्रोतको सुनिश्चतता रहेको उहाँको भनाई छ । मन्त्री डा. खतिवडा संगै भन्सार धिभागका महानिर्देशक सुमन दाहाल र आन्तरिक राजश्य विभागका महानिर्देश बिनोद कुँवर पनि सहभागी हुनुहुन्थ्यो ।
यस अघि अर्थ मन्त्री डा. खतिवडाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसित छलफल गर्नुभएको थियो ।