यस्ता छन् विश्वका पाँच अचम्मका सजाय

यस्ता छन् विश्वका पाँच अचम्मका सजाय

कुनै पनि अपराधीलाई अपराध अनुसारको सजाय पक्कै पनि मिल्छ, अपराध सानो होस् वा ठूलो। तर, सोच्नुस् अपराधीलाई अपराधका लागि अचम्मका सजाय मिल्न थालेपछिरु

हामी तपाईँलाई यस्तै अचम्म र अनौठा  सजायका बारेमा जानकारी दिन गइरहेका छौँ। जुन थाहा पाएर तपाईँ हैरान हुनुहुनेछ १

अमेरिकाको मिसौरीमा रहने डेविड बेरी नामक अपराधीले सयौँ हरिणको शिकार गरे। यो अपराधमा उनलाई सन् २०१८ मा दोषी ठहर गर्दै अदालतले एक वर्षसम्म जेलमा रहेर महिनामा कम्तीमा एक पटक डिज्नीको बाम्बी कार्टून हेर्नुपर्ने सजाय सुनायो।

सन् २००३ मा अमेरिकाको शिकागोका दुई युवकले क्रिसमसको बेलुका चर्चबाट ईसा मसीहको मूर्ति चोरी गरे। र, उनीहरुले मूर्तिलाई हानी पु(याए।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

यो कसुरमा  दुबै जनालाई दोषी ठहर गर्दै अदालतले ४५  दिन जेल सजाय सुनायो। यो बाहेक उनीहरुलाई आफ्नो गृहनगरमा रहेको एक गधासँग मार्चपास गर्न आदेश दिइयो।

अमेरिकाको ओकलाहोमाका १७ वर्षीय टाइलर एलरेडले मदिरा सेवन गरेर गाडी चलाउँदा दुर्घटना भयो। दुर्घटनामा उनका एक साथीको ज्यान गयो। यो घटना सन् २०११ को हो। चुन्कि टाइलर यो बेला हाई स्कूलमा पढ्थे। त्यसैले अदालतले उनलाई हाई स्कूल र स्नातक पूरा गर्न लाग्ने समय बाहेक अवधिमा ड्रग्स, मदिरा र निकोटिन चाख्नु पर्ने तथा १० वर्षसम्म चर्च जानुपर्ने सजाय सुनायो।

स्पेनको एन्डालूसियामा एक २५ वर्षीय युवकका मातापिताले उनको पकेट खर्च बन्द गरिदिए। त्यसपछि ती युवक अदालत गए। अदालतले ती युवकलाई उल्टै सजाए सुनायो।  ३० दिनभित्र युवकले आफ्ना आमाबुवाको घर छाड्नु पर्ने र  आफ्नै खुट्टामा उभिनु पर्ने अनौँठो सजाय सुनाइयो।

बीबीसीको रिपोर्ट अनुसार सन् २००८ मा  एन्ड्रयू वेक्टरले कारमा ठूलो आवाजमा संगीत सुनेको कसुरमा १२० पाउन्ड जरिवाना सजाय तोकिएको थियो। यद्यपि, पछि न्यायाधीसले जरिवानाको रकम घटाएर ३० पाउन्ड कायम गरेका थिए।