सन्दीप लामिछाने घाइते, बिहीबारको खेल गुमाउने

सन्दीप लामिछाने घाइते, बिहीबारको खेल गुमाउने

बिग बाग लिग (बीबीएल) खेलिरहेका सन्दीप लामिछाने घाइते भएका छन् । मेलबर्न स्टारले खेलेको चार वटै खेल खेलेका सन्दीप घाइते भए पछि बिहीबारको खेल गुमाउने भएका छन् । मेलबर्नले बिहीबार बिहान १०ः२५ बजे सिड्नी थन्डरसँग खेल्दैछ ।

तर, सन्दीप घाइते भए पछि उनको स्थानमा पाकिस्तानका हरिस रौफलाई ल्याइएको छ । सन्दीपले यसअघिका तीन खेलबाट तीन विकेट लिएका छन् भने चौथौं खेलमा भने विकेट विहीन भएका छन् ।