मदिरा वा चुरोट कुन बढी हानिकारक ?

मदिरा वा चुरोट कुन बढी हानिकारक ?

एक हप्तामा ७५० मिलीलिटर मदिरा सेवनबाट क्यान्सरको खतरा जति हुन्छ, त्यति नै खतरा एक हप्तामा दश सिगरेट पिउने महिला र पाँच सिगरेट पिउने पुरुषमा हुने गर्छ । बेलायतमा हालै क्यान्सरका लागि मदिरा वा चुराेट कुन बढी हानिकारक हुन्छ भनेर एक अध्ययन गरिएकाे थियाे । 

बेलायतका अध्ययनकर्ताहरु याे अध्ययन कम पिउने मानिसलाई स्वास्थ्यप्रति जागरुक गराउने तरिका हो भन्छन् । अनुसन्धानकर्ताले क्यान्सर रिसर्च युकेको क्यान्सरको खतरामा आधारित डेटाको प्रयोग गरेका थिए ।

विशेषज्ञहरु अधिकांश मदिरा पिउने मानिसलाई मदिराको तुलनामा सिगरेट पिउनु धेरै खतरनाक हुन सक्छ, यसले उनीहरुमा क्यान्सर हुने जोखिम बढाउने बताउँछन् । 

विशेषज्ञहरु एक हप्तामा १४ युनिटभन्दा बढी मदिरा नपिउन सल्लाह दिन्छन् । यो बियरको ६ प्वाइन्ट र ६ ग्लास वाइन बराबर हुन्छ ।