सावधान ! श्रीमतीको यस्तो बानीले श्रीमानमा शंका उत्पन्न गराउँछ

सावधान ! श्रीमतीको यस्तो बानीले श्रीमानमा शंका उत्पन्न गराउँछ

दाम्पत्य जीवनमा श्रीमान श्रीमतीबीच आपसी विश्वास अति आवश्यक हुन्छ । तर, कयौपटक शंकाका कारण सम्बन्ध बिग्रन पनि सक्छ ।  श्रीमतीका केही कामबाट केही श्रीमानहरुमा शंका उत्पन्न हुने गर्दछ । यद्यपी यो पुरुषवादी सोच भएको कतिपय बताउँछन् पनि ।

मोबाइलमा बढी समय
यदि कुनै विवाहित महिला मोबाइलमा धेरै कुराकानी गर्छन् या सामाजिक सञ्जालमा बढी सक्रिय छन् भने यस्तो अवस्थामा श्रीमानको मनमा शंका उत्पन्न हुने गर्दछ । यस्तो अवस्थामा आवश्यक छैन कि शंका उत्पन्न गराउने कुनै ठोस कारण होस् ।

एक्लै बाहिर जानु
श्रीमानको अनुपस्थितिमा कुनै महिला पटकपटक बाहिर जान्छन् भने पनि त्यो श्रीमानका लागि शंका गर्ने एउटा कारण बन्न सक्छ । यसले पनि श्रीमानको नजरमा श्रीमतीप्रति शंका गर्ने अवस्था सिर्जना गर्दछ ।

अन्य पुरुषका साथ बढी हेलमेल
विभिन्न पार्टीहरुमा सहभागी हुनु सामान्य कुरा हो । तर, त्यस्ता पार्टीहरुमा अन्य पुरुषका साथ बढी हेलमेल बढाउने कोशिस गर्नु र हाँसीहाँसी कुरा गर्दा पनि श्रीमानको मनमा शंका उत्पन्न गराउन सक्छ । यसले श्रीमानको मनमा इर्श्या उत्पन्न गराउनछ । जुन बढ्दै जाँदा श्रीमतीप्रति शंकामा परिवर्तन हुन्छ ।

सजिन बढी ध्यान
सामान्यतः सजिने र तयारी गर्ने बानी पुरुषको तुलनामा बढी हुने गर्दछ । तर यही कुरा कतिपय पुरुषका लागि पाच्य हुँदैन । त्यसले पनि दाम्पत्य जीवनमा चिसोपन ल्याउन सक्छ ।

घरमा कार्यालयका कुरा
यदि कुनै कामकाजी महिला आफ्नो श्रीमानका सामु कार्यालयका सहकर्मीहरुको कुरा बढी गर्छन् भने त्यसले पनि राम्रो गर्दैन । यस्ता कुराले श्रीमानको मनमा आशंका जन्माउने गर्दछ ।