एसपिएको विद्यार्थी काउन्सिलमा अखिल निकट कठायत प्यानल बिजयी

एसपिएको विद्यार्थी काउन्सिलमा अखिल निकट कठायत प्यानल बिजयी

धनगढी:  धनगढीमा रहेकाे सुदूरपश्चिमाञ्चल क्याम्पसको स्ववियु काउन्सीलको निर्वाचनबाट सभापतिमा छत्र कठायत विजयी भएका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन निकटका उनले नेपाल विद्याथी संघ निकटका हितेस चन्दलाई पाराजित गरेका हुन। 

क्याम्पसको विद्यार्थी काउन्सील निर्वाचनमा प्रत्येक कक्षाबाट ४/४ जना गरी ९४ जनाले मतदान गरेका थिए। जसमध्ये कठायतले ५८ मत प्राप्त गरेका थिए भने चन्दले ३६ मत पाएका थिए। निर्वाचनमा कठायत नेतृत्वको प्यानल नै विजयी भएको जनाइएको छ।

चुनावबाट उपसभापतिमा गजेन्द्र बोहरा र हेमा पनेरु त्यस्तै सचिवमा योगेन्द्र किमाडी, सह–सचिवमा निमर्ला विक र रविना स्ँवार, कोषाध्यक्षमा कुवेर धामी निर्वाचित भएका छन्।

१३ सदस्यीय कमिटीको सदस्यहरुमा पर्वत कुँवर, सन्तोष बुढाथोकी, दिपक सोडारी, पवन जोशी, खेम जोशी र विन्दु ओझा निर्वाचित भएका छन्।