धनगढीमा २० वर्षीया स्टाफ नर्स मृत फेला

धनगढी खबर    

धनगढीमा २० वर्षीया स्टाफ नर्स मृत फेला

धनगढी : धनगढीमा एक जना स्टाफ नर्स मृत फेला परेकी छन्। धनगढीको निसर्ग हस्पिटल र नवजीवन अस्पतालमा काम गर्दै आएकी २० वर्षीय सुनम ऐर मृत अवस्थामा भेटिएकी हुन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० की ऐर ऐर धनगढी उपमहानगरपालिका–५ तारानगरको ऐश्वर्या स्कुल नजिकै आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसारबन्द कोठा भित्र सुतेकै अवस्थामा उनको शव भेटिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



आइतबार १३, पुष २०७६ ०३:४२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस