डोटी : डोटी जिल्लाको शिखर नगरपालिकामा एक जना किशोरी बलात्कृत भएकी छिन् ।
शिखर नगरपालिका वडा नं ६ बस्ने २८ वर्षका योगेन्द्र बलायरले १७ वर्षीया किशोरीलाई बलात्कार गरेकोे जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बलात्कार गर्ने बलायरविरुद्ध करणी सम्बन्धी कसुर गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दर्ता गराइएको छ । बलायरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो ।