१४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा  घोडाघोडीमा एक जना पक्राउ

१४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा  घोडाघोडीमा एक जना पक्राउ

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाको वडा नम्बर १ मा १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा  एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुर्नवास  नगरपालिका, ७ का १८ बर्षिया किरण बिक रहेका छन । उनी घोडाघोडी नगरपालिका, १ मा दिदी भिनाजुको घरमा बस्दै आएका थिए । 

आईतवार विहान बालिकालाई बलात्कार गरेको भन्दै उजुरी आएपछि विकालाई आईतवार दिउँसो नै विकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिनुभयो ।

पिडित बालिका र बलात्कारको आरोप लागेका विकलाई चेकजाचका लागि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याईएको छ । विकलाई चेकजाचपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिने छ ।