सेती अस्पताललाई तीन सय शैयामा स्तरोन्नति गर्ने तयारी

सेती अस्पताललाई तीन सय शैयामा स्तरोन्नति गर्ने तयारी

सेती प्रादेशिक अस्पताललाई ५० शैयाबाट बढाएर कानूनी रुपमै तीन सय शैयाको बनाउने गरी तयारी शुरु गरिएको छ । 
अस्पतालको ब्यवस्थापनले सुदूरपश्मिच प्रदेशको सामाजिक विकास मन्त्रालयमा यस सम्बन्धी प्रस्ताव पठाइसकेको छ । आफ्नो उद्देश्य सेवा सुविधा थपेर प्रादेशिक अस्पताललाई पाँच शैयाको बनाउने भएपनि तत्काल तीन सय शैयाबाटै गुणस्त्रीय सेवा दिने हिसाबमा तीन सय शैयाको बनाउन प्रस्ताव गरिएको अस्पताल विकास समितिका अध्यक्ष दुर्गा प्रसाद जोशीले बताउनुभयो ।  मन्त्रालयले अस्पताललाई तीन सय शैयामा स्तरोन्नति गर्ने गरी निर्णय गरेपछि आफुले पोखरा विश्व विश्वविद्यालयसित मिलेर अस्पतालमै ल्याब, नर्सिंङ, फार्मेसी जन स्वास्थ्य ब्यवस्थापन तथा फिजियोथेरापीमा स्नातक तहको पढाई समेत सञ्चालन गर्ने लक्ष्य राखेको अध्यक्ष जोशीले बताउनुभयो । 
मन्त्रालयबाट अस्पतालमा शैया थप पर्ने गरी स्वीकृति प्राप्त आगामी शत्र देखि नै ती सबै बिषयमा पढाई सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको उहाँले जानकारी दिनुभयो । पोखरा विश्वविद्यालयको संयुक्त आङ्गिकता कार्यक्रम अन्तर्गत स्नातकका कक्षाहरु शुरु गरिए अस्पतालले सम्बन्धन बाफतको रकम विश्वद्यिालयलाई तिर्नु पर्दैन । अस्पताललले यसै कार्यक्रम का आधारमा कक्षा सञ्चालनको तयारी गरेको छ । अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले पछिल्लो १६ महिनामा अस्पतालमा उल्लेख्य सुधार भएको बताउनुभयो । उहाँले सरसफाई देखि बिरामीका लागि दिइने सेवा लगायतका कुरामा सुधार गरिएको बताउनुभयो । 
अस्पतालभित्रको फार्मेसी, ल्याब, बहिरंग बिभाग, आकस्मिक उपचार कक्ष, प्रसुति कक्ष सबैतिर देखिने गरी सुधार ल्याइएको छ ।