धनगढी जेसिजमा पाठक प्यानल भारी अन्तर सहित बिजयी

धनगढी जेसिजमा पाठक प्यानल भारी अन्तर सहित बिजयी

धनगढी जेसिजको ३७ औं अधिबेशनमा श्याम पाठक नेतृत्वको प्यानल बिजयी भएको छ । 

वर्ष २०२० को नेतृत्व चयनका लागि निर्वाचनमा पाठक ७८ मत सहित अध्यक्ष पदमा निर्वाचित हुदा उनका प्रतिद्धन्दी कमल पनेरुले ५३ मत ल्याए । 

कार्यकारी उपाध्यक्षमा रोशन भट्ट र सत्यराज जोशी निर्बाचित भए । यसैगरी उपाध्यक्षमा तर्कराज भट्ट, आशिष शाह, मनिष कुवँर र दीप रावत बिजयी भए ।
उपाध्यक्षमा निर्वाचित कुवँर बाहेक सबै पाठक प्यानलका हुन् ।

एक सय ३१ सदस्य रहेको धनगढी जेसिजको अधिबेशनमा एक सय ३० जनाले मतदान गरेका थिए ।
नयाँ नेतृत्व चयन भए लगत्तै शनिवार राति बसेको धनगढी जेसिजको बैठकले चार जना मनोनित गरेको छ । 

बैठकले कानुनी सल्लाहकारमा शुभ ठाकुर, महासचिवमा कलेन्द्र शाही, कोषाध्यक्षमा बिनोद थापा र तालिम संयोजकमा सुरज गिरीलाई मनोनित गरेको छ ।