आईतवार पनि धनगढीमा आम हडताल जारी, काँग्रेसले नै ग¥यो बन्द गर्ने निर्णय

आईतवार पनि धनगढीमा आम हडताल जारी, काँग्रेसले नै ग¥यो बन्द गर्ने निर्णय

धनगढी : प्रदेश ७ को राजधानी धनगढीबाट गोदावरी सारिएको विरोधमा  आज (आईतवार) पनि धनगढीमा आम हडताल जारी छ ।  

नेपाली काँग्रेंस कैलालीका सभापति नर नारायण शाह (मनु) को अध्यक्षतामा नेपाली काँग्रेसबाट विजयी जनप्रतिनिधि, काँग्रेसका जिल्ला, नगर कमिटिका नेतन तथा कार्यकर्ताको उपस्थितिमा भएको आईतवार विहान बसेको बैठकले आम हडताल जारी राख्ने निर्णय गरेको हो । 

विहानै बजार तथा यातायात सञ्चालनमा आएका भएपछि बैठक पछि भने बन्दकर्ताहरुले बजार तथा यातायात पूर्ण रुपमा बन्द गराएका छन । 

जसका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । अहिले धनगढीमा बन्दकर्ताहरुले प्रदर्शन र नारावाजी गरिरहेका छन ।