कञ्चनपुरमा फेरी एक जना मृत फेला

कञ्चनपुरमा फेरी एक जना मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा बुधवार फेरी  एक जना मृत फेला परेका छन ।  जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका– ८ पचौइमा स्थानीय २३ वर्षीय युवक दिनेश चौधरी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले  जानकारी दिनुभयो ।

मृत भेटिएका चौधरी तीन दिनदेखि बेपत्ता रहेका थिए । चौधरी आफ्नो घर नजिकैको स्थानीय नपौया नालीमा बुधवार मृत भेटिएका हुन ।