पोखराद्वारा चितवनलाई १०८ रनको लक्ष्य

पोखराद्वारा चितवनलाई १०८ रनको लक्ष्य

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पोखरा पल्टनले आफ्नो दोस्रो खेमला चितवन राइनोजसँग प्रतिस्पर्धा गरिरहेको छ ।

पोखरा रंगशालमा पोखराले चितवनलाई १०८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०७ रन बनाएको थियो ।

पोखराले दोस्रो ओभरको तेस्रो बलमा पहिलो विकेट गुमाएको थियो । पोखराका कुशल भुर्तेल ५ रन बनाएर आउट भएका हुन् । उनलाई सन्नी पटेलले एलबीडब्लु आउट गराएका हुन् ।

चितवनका लागि पाँचौ ओभरको अन्तिम बलमा विक्रम सोबले दोस्रो विकेट लिए । उनले आसिफ शेखलाई १० रनमा क्याच आउट गराएका हुन् । पोखराले १० ओभरको चौथो बलमा आफ्नो तेस्रो विकेट गुमायो ।

चितवनका कप्तान पारस खड्काले रविइन्दर सिंहलाई १० रनमा बोल्ड आउट गरेका हुन् । पोखराका विनोद भन्दारी ७ रन बनाएर आउट भए । उनलाई चितवनका भुवन कार्कीले १२ ओभरको अन्तिम बलमा क्याच आउट गराएका हुन् । पोखराले १८ ओभरको पाँचौ र छैटौ बलमा लगातार दुई विकेट गुमायो ।

पोखराका कप्तान शरद भेषवाकर ४५ रन बनाउँदै आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् । त्यसको अर्को बलमा पोखराका पाथमेस डाके खाता नखोलेर नै आउट भए ।

पोखराले १९ ओभरको दोस्रो बलमा आफ्नो नवौं विकेट गुमायो । पोखराका सरजित लड्डा खाता नखोलेर आउट भए । पहिलो खेलमा काठमाडौं गोल्डेनलाई पराजित गरेको पोखराले मंगलबारको खेलमा जित निकाल्ने योजनामा छ । चितवनको भने यो पहिलो खेल हो ।

पहिलो खेलमा जित निकाल्दै चितवन प्रतियोगितामा राम्रो सुरुआत गर्ने योजनामा छ । पोखराको कप्तानी शरद भेषवाकरले गरेका छन् भने चितवनको कप्तानी पारस खड्काले गरेका छन् ।