प्रथम "सुदूरपश्चिम स्पोर्टस अवार्ड" मा केटिएम वाईकको साथ

प्रथम "सुदूरपश्चिम स्पोर्टस अवार्ड" मा केटिएम वाईकको साथ

धनगढी । धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई केटिएम वाईकले साथ दिएको छ ।

सुदूरपश्चिमको खेलकुदको विकास, विस्तार र सम्भावनाको खोजीसँगै खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरुको काममा उत्साह थप्नका लागि स्थापना भएको खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई सुदुरपश्चिमका लागि केटिएम वाईकको आधिकारिक विक्रेता वान स्टप अटोवाईल्सले साथ दिएको हो । 
विभिन्न ६ वटा विधामा दिईने अवार्ड अन्तर्गतको बर्ष युवा खेलाडी विधालाई केटिएक वाईकले प्रायोजन गरेको हो । यो अवार्डको नाम केटिएम वाईक वर्ष युवा खेलाडी रहने भएको छ । विधा प्रायोजनका लागि सम्झौता समेत भएको छ ।

सुदुरपश्चिमका लागि केटिएम वाईकको आधिकारिक विक्रेता वान स्टप अटोवाईल्सका प्रवन्ध निर्देशक अभियान खड्का र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्याय बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

‘सुदुरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी दिनहरुमा देशको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्नका लागि पहिलो पटक सुदुरपश्चिममा आयेजना हुन गईरहेको अवार्डलाई साथ दिएको वान स्टप अटोवाईल्सका प्रवन्ध निर्देशक अभियान खड्काले बताउनुभयो ।

‘सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएर पदक जित्न सफल खेलाडी, प्रशिक्षक र खेलकुद क्षेत्रमा लागेकाहरुको योगदानलाई उचित कदर गर्ने भईरहेको स्पोर्टस अवार्डलाई दिईएको प्रायोजनका लागि मञ्चका सल्लाहकार दिपक उपाध्ययायले धन्यवाद ज्ञापन गर्नुभयो । 


पुसन १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।


चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने अवार्डका संयोजक प्रदिप पाठकले जानकारी दिनुभयो । अवार्डका अन्य विधा र मुख्य प्रायोजकको समेत खोजी गरिरहेको मञ्चका अध्यक्ष सीताराम ओझाले बताउनुभयो ।