Dhangadhi Khabar https://www.dhangadhikhabar.com Dhangadhi Khabar - Nepal's top news portal from Far west Nepal en-US hourly 1 Copyright 2020 Wed, 01 Apr 2020 14:39:04 +0545 गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलमा ताला https://www.dhangadhikhabar.com/news/12315 Wed, 01 Apr 2020 14:19:54 +0545 https://www.dhangadhikhabar.com/news/12315 लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलमा ताला लगाइएको छ लकडाउनको समयमा पनि मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुंगे पुलमा ताला लगाइएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ जोड्ने पुलमा मंगलबार ताला लगाइएको हो ।‘ससुराली, आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थाल्यो, बाइकहरु बढी आउजाउ गर्न थाले’ भीमसेन थापा–८ का वडाध्यक्ष बासु थापाले भने, ‘त्यसलाई नियन्त्रण गर्न खोजेका हौं ।’

उनका अनुसार पुलको वारी र पारी साङ्ला बाँधेर ताला लगाइएको छ । स्थानीय टोल सुधार समिति, प्रहरी, सरोकारवाला लगायतका निकायसँग समन्वय गरी ताला लगाउने निर्णय गरिएको उनले बताए ।

]]>
विश्वमै कोरोनाको त्रास तर, कंचनपुरका मदिरा व्यवसायी मदिरा ओसारपसारमा व्यस्त https://www.dhangadhikhabar.com/news/12314 Wed, 01 Apr 2020 14:13:23 +0545 https://www.dhangadhikhabar.com/news/12314 जिल्ला प्रसाशन कार्यालयको निर्देशनको ठाडो उल्लंघन  कंचनपुर : कोरोना (कोभिड-१९)संक्रमणले विश्व त्रसित भइरहेका बेला कंचनपुरका मदिरा व्यावसायि भने नेपाल   सरकारले लागू गरेको लकडाउनको उल्लंघन गरि मदिरा ओसारपसारमा व्यस्त देखिन्छन ।  महामारीको रुपमा विश्वका २ सय भन्दा बढी राष्ट्रमा फैलिएको कोरोनाको संक्रमणको जोखिमलाइ रोक्न र फैलिन नदिनको लागि  नेपाल सरकारले पनि लकडाउन गरेको छ । 

कंचनपुरमा भने कोरोनाको महामारी फैलिन नदिन नेपाल सरकारले देशभर  लगाएको लकडाउनको  मौका छोपी मदिरा व्यवसायीहरुले लुकिछिपी  मदिरा ओसारपसार गरिरहेका छ्न ।  खाद्यान्न सामग्रीहरु  बोकिरहेको भन्दै मदिरा बोकिरहेका दुई मदिरा व्यवसायीलाई बुधबार बिहान कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका बाट पक्राउ गरिएको छ । उनीहरुको साथमा भएको मदिरा नष्ट गरि  दुई वटा मोटरसाईकल  नियन्त्रणमा लिईएको हो ।

शुक्लाफाँटा नगरपालिका ८ नम्बर कोरना भाईरस नियन्त्रण तथा उच्च सर्तकता विशेष कार्यदलले मदिरा बोकिरहेका दुई जना मदिरा व्यवसायीलाई नियन्त्रणमा लिएको हो । कार्यदलका संयोजक एव शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर महरा  आफै बिहानैदेखि वडामा लकडाउन प्रभावकारी बनाउन खटिएका थिए। संयोजक महराको  टोलीले  दुईजनालाइ  मोटरसाईलकमा मदिरा बोकिरहेका बेला  नियन्त्रणमा लिईएको हो । संयोजक महराका अनुसार कलुवापुर बजारमा रहेको बोहरा मदिरा पसलबाट मदिरा ल्याईरहेका कृष्णपुर नगरपालिका १ सुन्दरफाँटाका राम प्रशाद चौधरी र पर्शुराम चौधरीलाई नियन्त्रणमा लिएको हो । से५ प ८४७४ र म१प ८७११ नम्बरको मोटरसाईकलमा ५ पेटी सौफि, २ पेटी डायमण्ड र १ पेटी भोड्का सहितका मदिरा  नियन्त्रणमा लिईएको थियो ।
नियन्त्रणमा लिइएको  मदिरा नष्ट गरिएको र  उनीहरुलाई सम्झाई बुझाई गरि  पहिलो पटकका लागि आम माफि दिइ छोडिएको वडाध्यक्ष महराले बताएका छ्न । उनिहरुलाइ लकडाउनको समयमा अवउपरान्त मदिरा नबोक्ने, बिक्रि वितरण  एव सेवन नगर्ने लिखित प्रतिबद्धता सहित छाडिएको जनाइएको छ। 
नेपाल सरकारले  लागू गरेको लकडाउनको उल्लंघन गर्दै यसरी मदिराको ओसारपसार गर्नेहरुलाई कडा कारबाही गर्नु पर्ने एक स्थानिय ले बताएका छन । लकडाउन गरिएको भएतापनी कंचनपुरका विभिन्न स्थानहरुमा  लुकिछिपी मदिरा बिक्रीवितरण गरिरहेको समेत श्रोतले जनाएको छ । यो कार्य रोक्नको लागि प्रसाशनले कडा कदम उठाउनु पर्ने देखिन्छ । 

यहि चैत १५ गते जिल्ला प्रसाशन कंचनपुरले एक जरुरी सुचना निकाल्दै कंचनपुर जिल्ला भरी अनिश्चितकालका लागि मदिरा बिक्रीवितरणमा रोक लगाएको थियो । उक्त सुचनाको उलंघन गरि बिक्रीवितरण गर्नेलाइ कारबाही समेत गरिने  उक्त सुचनामा जारी गरिएको थियो । 

]]>
कोरोना रोकथाम कोषमा जम्मा भयो २२ करोड रुपैयाँ https://www.dhangadhikhabar.com/news/12313 Wed, 01 Apr 2020 14:03:39 +0545 https://www.dhangadhikhabar.com/news/12313 सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रुपैयाँ जम्मा भएको छ । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५६९ रुपैयाँ जम्मा भएको छ ।

सरकारले गएको चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकबाट कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दैनिक कोषमा रकम जम्मा भइरहेको जानकारी दिनुभयो । 

उहाँका अनुसार कोषमा मंगलबारमात्र नेपाल औद्योगिक महासङ्घले ५० लाख रुपैयाँ एक लाख रुपैयाँभन्दा कम दिएकाबाट एक करोड नौ लाख २९ हजार २४ रुपैयाँ जम्मा भएको छ । सरकारले कोषमा रकम जम्मा गर्न आह्वान गरेपछि सांसद, कर्मचारी, उद्योगीले जम्मा गरिरहेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिना बराबरको रकम उक्त कोषमा जम्मा गरिसक्नुभएको छ । 

]]>
साथमै चिकित्सक लगि टोलटोलमा स्वास्थ्य जाँच गराउदै कैलालीका एक वडा अध्यक्ष https://www.dhangadhikhabar.com/news/12312 Wed, 01 Apr 2020 13:33:43 +0545 https://www.dhangadhikhabar.com/news/12312 ध.उ.न.पा वडा नं १३ का अध्यक्ष विजय राज जोशीले आफू सँगै चिकित्सक लगेर वडा न,१३का विभिन्न टोलमा  नेपाल  तथा नेपाल बाहिरबाट आएका र होम   क्वारेन्टाइन मा बसेका सबै लाई  उनीहरुका  घर घर मा  गएर स्वास्थ्य जाँच गरेका छन ध.उ.न.पा वडा नं १३ का अध्यक्ष विजय राज जोशीले आफू सँगै चिकित्सक लगेर वडा न,१३का विभिन्न टोलमा  नेपाल  तथा नेपाल बाहिरबाट आएका र होम   क्वारेन्टाइन मा बसेका सबै लाई  उनीहरुका  घर घर मा  गएर स्वास्थ्य जाँच गरेका छन । जाँच गरेकाहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

नेपाल बाहिरबाट आएकालाई ८ दिन सम्म अलग बस्ने र फेरि जाँच गरेर  मात्र परिवार संग बस्न निर्देशन  दिनुभएको छ ।

]]>
नेपालमा रहेका चिनियाँ लिन आज एयर चाइनाको जहाज आउँदै https://www.dhangadhikhabar.com/news/12311 Wed, 01 Apr 2020 12:50:50 +0545 https://www.dhangadhikhabar.com/news/12311 नेपालमा रहेका चिनियाँ नागरिकलाई लिन आज (बुधबार) एयर चाइनाको जहाज काठमाडौं आउँदै छ । नेपालमा रहेका चिनियाँ नागरिकलाई लिन आज (बुधबार) एयर चाइनाको जहाज काठमाडौं आउँदै छ ।नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार आज दिउँसो नेपालमा रहेका चिनियाँ नागरिकलाई लिएर जाने गरी एयर चाइना जहाज आउन लागेको हो ।

बोर्डले नेपालमा रहेका र घर फर्कन चाहने चिनियाँ पर्यटकलाई आफ्नो मुलुकको दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको छ । सरकारले १५ अप्रिलसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि धेरैजसो मुलुकले आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेका छन् ।

]]>
साइकल चढेरै काठमाडौंबाट गौर https://www.dhangadhikhabar.com/news/12310 Wed, 01 Apr 2020 12:46:47 +0545 https://www.dhangadhikhabar.com/news/12310 लकडाउनका कारण सरकारले सवारी सञ्चालनमा रोक लगाएपछि दुई भारतीय साइकलमा यात्रा गरेरै काठमाडौंबाट गौर पुगेका छन् लकडाउनका कारण सरकारले सवारी सञ्चालनमा रोक लगाएपछि दुई भारतीय साइकलमा यात्रा गरेरै काठमाडौंबाट गौर पुगेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सवारी पूर्ण रुपमा बन्द भएपछि उनीहरु वैकल्पिक साधनबाट आफ्नो घरतर्फ फर्किएका हुन् ।


लकडाउनकै कारण बजार र यातायातका साधन बन्द भएपछि धेरै काठमाडौंमा बसोबास गर्नेहरु घर जान पाएका छैनन् । सरकारले अघिल्लो दिन घोषणा गरेर भोलिपल्टैदेखि लकडाउन गरेपछि जो जहाँ छन्, त्यही रोकिए ।

काठमाडौंमा रहँदा साइकलमा फलफूल बिक्री गरेर आएका भारत बिहारको मोतिहारी जिल्लाका बेतौनाका राजकिशोर साह र सञ्जय साह पनि यहीँ रोकिए । तर, लकडाउन लम्बिएपछि उनीहरुलाई हातमुख जोर्नै गाह्रो हुन थाल्यो ।

त्यसैले फलफूल बेच्न प्रयोग गर्दै आएको साइकलमै उनीहरुले घरतर्फको यात्रा तय गरेका हुन् ।राजकिशोर साहले भने, ‘हामी दैनिक काम गरेर खाने मान्छेसँग पैसा नभएपछि पसलको साहुजीले उधारो दिएनन् । डेरामा भएको चिउरा र दालमोठ बोकेर निस्कियौं ।’आइतबार बिहान ३ बजे बल्खुबाट हिँडेका उनीहरु मंगलबार साँझ ६ बजे गौरको वीपी चोक आइपुगेका थिए ।

उनीहरुले घर फर्किन बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडा जाने सडक रोजेका थिए । उकालोमा साइकलले नतानेपछि गुडाएर पैदल हिँडे । पथलैया आइपुगेपछि प्रहरीले ट्रकमा चढाएर चन्द्रनिगाहपुरसम्म पठाइदिए । साहले भने ‘साइकल चलाएर दुबै खुट्टा एकदमै दुखेको छ । नदुख्ने औषधि खाएर हिँडिरहेका छौं ।’

गौरको विपी चोकमा भने उनीहरुलाई सुरक्षाकर्मीले रोकेका छन् । र, सीमा नाकामा भारतीय सुरक्षाकर्मीले जान नदिने बताएपछि निराश भएका छन् ।

]]>
अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो https://www.dhangadhikhabar.com/news/12309 Wed, 01 Apr 2020 12:44:23 +0545 https://www.dhangadhikhabar.com/news/12309 संयुक्तराज्य अमेरिकामा कोभिड१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन् । संयुक्तराज्य अमेरिकामा कोभिड१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको र धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामारहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताए ।

राजदूत कार्कीले अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो र चिन्ता व्यक्त गरेको र नेपाली समुदायलाई सचेत र सुरक्षितभई बस्न आग्रह गरेको उल्लेख छ ।

राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेकोअपिलमा जनाइएको छ ।अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ ।

]]>
लकडाउनका कारण भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या https://www.dhangadhikhabar.com/news/12308 Wed, 01 Apr 2020 12:02:54 +0545 https://www.dhangadhikhabar.com/news/12308 लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको छ । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल नजिकै मृत्यु भएको छ । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ  । गत कात्तिकमा मजदुरीको लागि मदकोट गएका उनको ठगुन्ना झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको जानकारी आएको उनका आफन्त प्रमानन्द ठगुन्नाले बताउनुभयो । 

घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई भने हालसम्म जानकारी प्राप्त नभएको जिल्लाका प्रहरी नायव उपरीक्षक दीपेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।

नेपाल भारत दुबैतर्फ लकडाउन भएको अवस्थामा शव ल्याउन समस्या भएको भन्दै पहल गरिदिन मृतकका आफन्तले आग्रह गरेका छन् । मृतकका आफन्त चिन्तन ठगुन्नाले भने, “हामी गाउँपालिकाबाट पत्र बनाएर ल्याउँदै छौं, नेपाल(भारत जोड्ने झोलुङ्गेपुल खुलाउने व्यवस्था गराइदिनुपर्‍यो । भारतमा मजदुरको मृत्यु भएका कारण अहिले शव नेपाल ल्याउनै समस्या भएको छ ।

]]>
कैलालीमा आजदेखि लकडाउन थप कडा https://www.dhangadhikhabar.com/news/12307 Wed, 01 Apr 2020 11:41:29 +0545 https://www.dhangadhikhabar.com/news/12307 जिल्ला प्रशासन कार्यालय कैलालीले आज देखि जिल्लामा लकडाउन लाई थप कडा पारिएको जनाएको छ । लकडाउनको उल्लंघन गर्ने क्रम बढेपछि प्रशासनले कडाई गरेको हो  धनगढी : जिल्ला प्रशासन कार्यालय कैलालीले आज देखि जिल्लामा लकडाउन लाई थप कडा पारिएको जनाएको छ । लकडाउनको उल्लंघन गर्ने क्रम बढेपछि प्रशासनले कडाई गरेको हो । लक डाउनलाई वेवास्ता गदै सर्वसाधारणहरु सडकमा पैदल तथा सवारी साधन सहित निस्किन थालेपछि लकडाउन लाई कडाई गरिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

लकडाउनसंगै कैलालीमा अहिले पनि निषेधाज्ञा यथावत रहेकाल निषेधााज्ञा उल्लंघन गर्नेलाई ६ महिना सम्म कैद सजायको व्यवस्था रहेको बताउँदै अवज्ञा गर्नेलाई कारवाहीको दायरामा ल्याउने उनको भनाई रहेको छ ।

सरकारले जारी गरेको लकडाउन जनताको सुरक्षाको लागि भएको बताउदै जिल्ला प्रहरी कार्यालय कैलालीले लकडाउनको अवज्ञा गरेको पाईए सुरक्षाकर्मीले त्यस्ता व्यक्तिलाई सवारी साधनसहित नियन्त्रणमा लिई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । यसैबिच जिल्ला प्रशासन कार्यालय कैलालीले दिएका सम्पूर्ण पासहरु समेत खोसेको छ ।

]]>
कोरोना भाइरसको संक्रमणलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती https://www.dhangadhikhabar.com/news/12306 Wed, 01 Apr 2020 11:21:08 +0545 https://www.dhangadhikhabar.com/news/12306 पूरा संसार कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसद्वारा सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् । जबकी मृतकको संख्या ४२ हजार पार गरिसकेको छ पूरा संसार कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसद्वारा सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् । जबकी मृतकको संख्या ४२ हजार पार गरिसकेको छ ।


संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटरेशले कोरोना भाइरसको संक्रमणलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती बताएका छन् ।उनले भने, ‘यो संक्रमणले संसारमा मन्दी ल्याउन सक्छ । यस्तो मन्दी जुन पछिल्ला वर्षमा कहिल्यै देखिएको थिएन ।’


संयुक्त राष्ट्र महासचिवले कोरोना भाइरस संक्रमणको सामाजिक र आर्थिक प्रभावको सन्दर्भमा जारी गरिएको एक रिपोर्टको क्रममा यसबारे जानकारी दिएा हुन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । यहाँ एक लाख ८८ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । जबकी ३ हजार ८ सय बढीको ज्यान गइसकेको छ ।अमेरिका र इटलीमा मृत्यु हुनेको संख्या चीनभन्दा पनि बढी छ ।

अमेरिकामा हरेक चार नागरिकमधये तीनजना लकडाउनमा छन् । अमेरिकामा कोरोना भाइरस संक्रमण रोक्नका लागि विभिन्न कडा प्रतिबन्ध लागू गरिएको छ ।

यस्तै, अमेरिका र इटलीपछि स्पेनले पनि यो भाइरसको संक्रमणको मार झेलिरहेको छ ।

]]>
फ्रान्समा एकैदिन कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु https://www.dhangadhikhabar.com/news/12305 Wed, 01 Apr 2020 11:07:29 +0545 https://www.dhangadhikhabar.com/news/12305 फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४ सय ९९ को मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए फ्रान्समा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन ४ सय ९९ को मृत्यु भएको छ । फ्रान्सका स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा कोरोनका कारण ४ सय ९९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै यहाँ मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ । उनीहरु सबैको मृत्यु अस्पतालमा भएको हो ।

फ्रान्समा महामारी सुरु भएपछि पहिलो पटक एकैदिन यति धेरैको मृत्यु भएको हो ।पत्रकार सम्मेलनमा जेरोमी सोलोमनले पछिल्लो २४ घण्टामा देशमा कोरोना संक्रमितको संख्या ४४ हजार ५ सय ५० बाट बढेर ५२,१२८ पुगेको बताए ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार फ्रान्स ती ६ देशमध्ये एक हो जहाँ कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म फ्रान्ससमेत अमेरिका, इटली, चीन, स्पेन र जर्मनीमा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ ।

]]>
अप्रिल फूल नमनाउने गुगलको निर्णय https://www.dhangadhikhabar.com/news/12304 Wed, 01 Apr 2020 10:48:58 +0545 https://www.dhangadhikhabar.com/news/12304 आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन् ।

तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय वास्तवमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट जाएन्ट गुगलले पनि मनन गरेको छ र यो वर्ष अप्रिल फूल नमनाउने निधो गरेको छ ।


समाचार अनुसार गुगलले यो वर्ष अप्रिल फूल दिवसको प्रान्क रद्द गरेको छ । गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल मनाउने आफ्नो परम्परालाई थाँति राखेको बताएका छन् ।

इमेलमा भनिएको छ, ‘सामान्य अवस्थामा अप्रिल फूल गुगलको परम्परा हो । यसले गुगल परम्परागत ढर्राको कम्पनी होइन र रमाइलो पनि गरिन्छ भन्ने देखाउँदछ । तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेकाहरुको सम्मानमा हामीले यो परम्परालाई थाँति राख्दैछौँ । अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसहरुको सहयोगी बन्नु हो । त्यसैले हाम्रा ठट्टाहरु अर्को अप्रिलका लागि जोगाई राखौँ । त्यतिबेला निश्चित रुपमा अहिले भन्दा निकै रमाइलो हुनेछ ।’

गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ ।

तर यो पटक कोरोना विरुद्धको लडाइँमा गुगलले आफूलाई समाहित गरेको छ । कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

]]>
पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण https://www.dhangadhikhabar.com/news/12303 Wed, 01 Apr 2020 10:39:55 +0545 https://www.dhangadhikhabar.com/news/12303 उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ  पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए ।

उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैरआवासीय नेपाली संघ  (एनआरएनए)  पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिनुभयो ।


संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको संक्रमण देखिने नेपालीको संख्या नौ पुगेको छ ।

]]>
डडेल्धुरामा बाहिरबाट आएकालाई गाउँ प्रबेश बन्देज https://www.dhangadhikhabar.com/news/12302 Wed, 01 Apr 2020 10:38:34 +0545 https://www.dhangadhikhabar.com/news/12302 अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । डडेल्धुरा : अमरगढी २ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाले यस्तो गर्न बाध्य भएको बताएका छन् । 

भारतबाट स्वास्थ्यजाँच नगरी छिमेकी गाउँमा मानिस प्रवेश गरिसकेकाले  प्रवेश निषेध गरिएको शिवम भण्डारीले बताए ।  अमरगढी नगरपालिका २ र ३ महाभारतबाट आएका युवा क्वारेन्टाइनमा बस्न अटेर गरिरहेका छन् । सीमा क्षेत्रमा जाँच गरेर घर फर्किएकालाई जनप्रतिनिधि घरघरमा गएर सम्झाइबुझाई गरिरहेका छन् ।

राउटे बस्तीमा मास्क र साबुन
     
परशुरामनगरपालिका – ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको छ ।

अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुनवितरण गरिएको हो ।

]]>
भावुक देखिए ट्रम्प, कोरोनाले अमेरिकामा लिनसक्छ २ लाख ४० हजारको ज्यान https://www.dhangadhikhabar.com/news/12301 Wed, 01 Apr 2020 10:33:24 +0545 https://www.dhangadhikhabar.com/news/12301 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई साता पीडादायी हुने भन्दै जनतालाई धैर्य र सतर्क रहन सुझाव दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको दुई साता पीडादायी हुने भन्दै जनतालाई धैर्य र सतर्क रहन सुझाव दिएका छन् । सरकारले जारी गरेको निर्देशिका प्रभावकारी कार्यान्वयन हुदाँसमेत १ लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने जोखिम विज्ञहरुले औल्याएका छन् । 

देशभर मानिस–मानिसबीच सामाजिक दूरी कायम गर्नेगरी ट्रम्प सरकारले नयाँ निर्देशिका जारी गरेको हो । भीडभाडमा नजाने र घरबाटै काम गर्नुपर्ने यो निर्देशिकामा उल्लेख छ, यो ३० अप्रिलसम्म कायम रहनेछ । ट्रम्पले सम्भावित मृत्युको खतरामा रहेका दशौं लाखको ज्यान जोगाउन यो निर्णय लिनुपरेको बताएका छन् । 

यसअघि हप्तौंसम्म भाइरसलाई हल्का रुपमा लिएका ट्रम्प अहिले चिन्तित बनेका छन् । उनले मंगलबारको पत्रकार सम्मेलनमा दशकौंपछिको सबैभन्दा ठूलो स्वास्थ संकटलाई हल्का रुपले कहीं कतै पनि टिप्पणी गरेनन् ।

बरु, यस भाइरसका कारढा अमेरिकीले अझै काला दिनहरु सामना गर्नुपर्ने हुनसक्ने बताए । ‘म हरेक अमेरिकीलाई हाम्रो सामु खडा भएको कालो दिनको तयारी गर्न अनुरोध गर्दछु,’उनले भने, ‘हाम्रा लागि आगामी दुई साता निकै कठिन हुनेछन् ।’ उनले ह्वाइटहाउसमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा कोरोना भाइरस सम्बन्धी निर्देशिका औपचारिक रुपमा सार्वजनिक गरेका हुन् ।

अमेरिकामा मृतकको संख्या ३ हजारभन्दा बढी पुगिसकेको अवस्थामा उनले भाइरस रोकथामका लागि सामाजिक दूरीलाई थप ३० दिन पालना गर्नुपर्ने अवस्था रहेको बताए । ट्रम्पले आफ्ना धारणा राखिसकेपछि उनको टास्क फोर्सले सामाजिक दूरी कायम राख्ने नियमको मोडलले सम्भावित दशौं लाखको मृत्यु कसरी टार्छ भनेर स्लाइडमार्फत देखाएका थिए । 

के भन्छन्, विज्ञ ?
ह्वाइट हाउसका कोरोना भाइरस रेस्पोन्स कोअर्डिनेटर डाक्टर डेबोरह ब्रिक्स संघीय सरकारले ल्याएका यस्ता निर्देशिका प्रभावकारी रुपमै कार्यान्वयन भएपनि १ लाखदेखि २ लाख ४० हजारसम्मको मृत्यु हुनसक्ने खतरा रहेको बताउँछिन् ।

यो संख्या भियतनाम युद्धमा ज्यान गुमाउने अमेरिकी सेनाको संख्याभन्दा पनि बढी हो । न्युर्योक र न्यु जर्सीमा देखिएको मृतकको पछिल्लो संख्याले आँकडा निकै माथि हुनसक्ने देखाएको छ ।  ‘संख्या जसरी बढ्दैछ ।

हामीले पनि त्यसरी नै तयारी गर्नुपर्ने अवस्था छ,’ राष्ट्रपति ट्रम्पको टोलीका स्वास्थविद् डाक्टर एन्थोनी फाउचीले भने, ‘यो संख्यालाई कम गर्न हामीले गर्नसक्ने जति गर्दैछौं । ’

‘यहाँ कुनै जादुको गोली छैन । कुनै चमत्कारी भ्याक्सिन वा थेरापी पनि छैन । त्यसैले आफ्नो व्यवहारमा सुधार ल्याएर सामाजिक दुरी कायम गर्ने हो,’ ब्रिक्सले भने । 

यसअघि सामाजिक दूरी कायम राख्ने सवालमा विज्ञहरुबीच नै अमेरिकामा बहस चलेको थियो । ट्रम्पका सहयोगीहरुले १५ दिनमात्रै समय बढाउनुपर्ने तर्क गरेका थिए भने स्वास्थकर्मीले कडाईका साथ ३० दिन लम्ब्याउनुपर्ने अडान राखे । 

]]>
डोटीमा सशस्त्रका एसपीको रगतले जोगियो सुत्केरीको ज्यान https://www.dhangadhikhabar.com/news/12300 Wed, 01 Apr 2020 10:23:23 +0545 https://www.dhangadhikhabar.com/news/12300 सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । डोटी : सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिनुभएको हो । बच्चा पाउन नसकेपछि विकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल ल्याइएको थियो ।

अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाई खबर गर्दा गणपति बुढामगरले मङ्गलबार रगत दिएपछि विकको ज्यान बचेको सुजङ अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गणपति बुढामगरले एक प्रिन्ट ‘बी पोजेटिभ’ रगत प्रदान गर्नुभएको थियो । जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीकामा धाउने गरेका छन् ।

]]>
धनगढीमा लकडाउनको उलंघन गर्ने ५१ मोटरसाइकल नियन्त्रण https://www.dhangadhikhabar.com/news/12299 Wed, 01 Apr 2020 09:32:41 +0545 https://www.dhangadhikhabar.com/news/12299 लकडाउनको उलंघन प्रवृति बढ्दै गएपछि सुरक्षाकर्मीले मंगलबार धनगढीमा ५१ वटा मोटरसाईकल नियन्त्रणमा लिएका छन् । धनगढी : लकडाउनको उलंघन प्रवृति बढ्दै गएपछि सुरक्षाकर्मीले मंगलबार धनगढीमा ५१ वटा मोटरसाईकल नियन्त्रणमा लिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठीले परिचय पत्र नबोकेर हिड्ने पत्रकार, स्वस्थ्यकर्मी, सादा पोषाकमा हिड्ने प्रहरीलाई समेत सवारी साधन नियन्त्रणमा लिइएको बताए । 

]]>
कञ्चनपुर सीमा क्षेत्रमा अलपत्र ६८ नेपाली पक्राउपछि क्वारेन्टाइनमा https://www.dhangadhikhabar.com/news/12298 Wed, 01 Apr 2020 09:28:16 +0545 https://www.dhangadhikhabar.com/news/12298 कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । कञ्चनपुर : कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । 

स्थानीय प्रशासनले महाकाली नगरपालिका नजिकै पर्ने गडिगोठ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक अलपत्र परेका ६८ जनालाई बैजनाथ नमूना उच्च माविमा क्वारेन्टाइनमा राखेको हो ।  

“राति नेपाल छिर्न खोजेछन् । हामीले पक्राउ गरेर बैजनाथ स्कूलमा क्वारेन्टाइनमा राखेका छौं,” कञ्चनपुरका प्रुमख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने ।

सशस्त्र प्रहरीले गृह मन्त्रालयको आदेश भन्दै नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेका थिए । 

उनीहरु सोमबार बेलुकी भारतका विभिन्न सहरबाट पैदल हिँडेर सीमा क्षेत्रमा पुगेका थिए ।

]]>
यौन जीवन र कोरोना भाइरससँग जोडिएका महत्वपुर्ण ५ प्रश्न https://www.dhangadhikhabar.com/news/12297 Wed, 01 Apr 2020 09:20:22 +0545 https://www.dhangadhikhabar.com/news/12297 कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीका रुप लिएको बेला मानिसहरुमा स्वास्थ्यका बिषयमा अनेक प्रकारका प्रश्नहरु हुन्छन् । कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीका रुप लिएको बेला मानिसहरुमा स्वास्थ्यका बिषयमा अनेक प्रकारका प्रश्नहरु हुन्छन् ।

कतिपयलाई यो बेला शारीरीक सम्बन्ध राख्न हुन्छ कि हुन्न ? वा चुम्बन, अकंमाल गर्दा के हुन्छ भन्ने बारे धेरैको प्रश्न छ । कोरोनाको त्रासले कतिपयले शारीरिक सम्बन्ध बनाउदा आफुमा पनि सर्छ कि भन्ने डर पनि छ। यौन र यससंग सम्बन्धित केहि प्रश्न र तिनको जवाफ यस्तो छ ।

१. यो बेला यौनसम्बन्ध गर्न उपयुक्त छ ?

विवाहित वा लिभिङ टुगेदरमा रहेका जोडिहरुमा एकअर्कालाई कोरोनाको संक्रमण छैन भन्ने ढुक्क छ वा चिकित्सकबाट प्रमाणित छ भने यस्तो अवस्थामा शारीरिक सम्पर्क राख्दा कुनै असर पर्दैन ।

तर कोहि एक पार्टनरमा कोरोना वा यससंग मिल्दो लक्षण देखियो भने त्यसबेला शारीरिक सम्बन्ध मात्र होइन दुबै बिच दुरी समेत बनाउनु पर्दछ । यस्तो अवस्थामा आइसोलेशनमा बस्नु उपयुक्त हुन्छ ।

२. नयाँ व्यक्तिसँग यौनसम्बन्ध उपयुक्त छ ?

यदि तपाईं वा नयाँ पार्टनरमध्ये कोहि एकमा कोरोना भाइरसको लक्षण देखिएको छ वा कुनै लक्षण मिल्दो छ भने यो बेला यौनसम्बन्ध बनाउनु घातक हुन्छ ।

साथै नयाँ पार्टनरसंग नजिकिनु मात्रै पनि यो परिस्थितिमा हानिकारक साबित हुन सक्छ । त्यसैले यो बेला नयाँ यौन साथी बनाउनु हुदैन ।

३. के चुम्बनबाट कोरोना सर्छ ?

पक्कै पनि चुम्बनबाट कोरोना सर्दछ । चुम्बन मात्र नभई हात मिलाउँदा, अंकमाल गर्दा वा सामुन्नेमा रहेको मानिसले खोक्दा कोरोना सर्दछ । त्यसैले यो बेला जतिसुकै भरपर्दो पार्टनर भए पनि चुम्बन नगर्नु नै उत्तम हुन्छ ।

तर कोहि ब्यक्तिलाई तपाई चुम्बन गर्नु भएको छ भने तत्काल आफुलाई आइसोलेसनमा राख्नुहोस् । आफ्नो स्वास्थ्य लक्षणहरुमा निगरानी गर्नुहोस् । यदि १४ दिन भित्र कोरोनाको लक्षण देखिए तत्काल उपचारमा जानुहोस् ।

४. के कण्डमको प्रयोगले संक्रमण हुनबाट बचाउँछ ?

यहाँ मुख्य प्रश्न कोरोना भाइरसको संक्रमणलाई कण्डमले रोक्छ वा रोक्दैन भन्दा पनि शारीरिक सम्र्पकका बेला गरीने अरु क्रियाकिलापबाट कोरोना सर्छ भन्नेमा विश्वस्त हुनु पर्दछ ।

कण्डमको प्रयोग गर्दै संक्रमितबाट कोरोना सर्दैन भन्ने हुदैन । कण्डमले यौनागंमा हुने संक्रमण बचाउँछ तर यौन क्रियाकलापका समयमा हुने अन्य गतिविधिबाट कोराना सर्ने संभावना उच्च हुन्छ । तसर्थ कण्डम लगाउदैमा कोरोनाको संक्रमण हुनबाट बच्न सकिदैन ।

५. के पार्टनरको यौनाङ्ग छुँदा वा मुखमैथुन गर्दा कोरोना सर्छ ?

यदि कसैले आफ्नो पार्टनरको यौनाङ्ग छोएको छ वा मुखमैथुन गरेको छ भने कोरोना भाइरस सर्ने संभावना उच्च हुन्छ ।

यौनागंबाट उत्पन्न हुने योनीरस वा वीर्यबाट कोरोना सर्ने भएकाले मुखमैथुन जोखिमयुक्त छ । त्यसैले यस बेला यौनजन्य कुनै पनि गतिविधि नगर्नु नै लाभदायक हुन्छ ।

]]>
दिपायलको प्रदेश प्रहरी कार्यालय र अस्पताल सार्न प्रहरी प्रधान कार्यालयको निर्देशन https://www.dhangadhikhabar.com/news/12296 Wed, 01 Apr 2020 09:15:33 +0545 https://www.dhangadhikhabar.com/news/12296 जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित तत्कालीन सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय तथा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल तत्काल कैलालीमा सार्न प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले निर्देशन दिएको छ । डोटी : जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित तत्कालीन सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय तथा सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल तत्काल कैलालीमा सार्न प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँले निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालयले पत्र पठाएर तत्काल कार्यालय सार्न निर्देशन दिएको निमित्त प्रदेश प्रहरी प्रमुख देवबहादुर बोगटीले बताए । उनले भने, ‘प्रदेश कार्यालय र प्रहरी अस्पताल कैलाली सार्नू भन्ने पत्र आएको छ, आदेशअनुसार हामी कार्यालय सार्ने तायारीमा लागेका छौँ ।’

कोभिड –१९ को त्रास फैलिइरहेका बेला सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल र कार्यालय सारिनु दुःखद् भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए । उनले भने, ‘देशमा कोरोनाका त्रास छ, बरु स्वास्थ्यकर्मी थप्नुपर्ने बेलामा भएका कार्यालय र अस्पताल सार्नु भनेको दुःखद कुरो हो, यसमा मेरो घोर आपत्ति छ ।’

प्रहरी प्रधान कार्यालयले प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने निर्देशन दिएपछि अहिले यहाँका बासिन्दा निकै आक्रोशित भएका छन् । आक्रोशित व्यक्तिले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा समेत उक्त निर्णयको विरोध गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले पठाएको उक्त पत्रमा दिपायलस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी अस्पतालमा भएका भवन अर्को आदेश नभएसम्मका लागि प्रदेश प्रहरी तालीम केन्द्र दिपायललाई दिनू भन्ने उल्लेख छ ।

]]>
आज चैते दशैँ, घर-घरमा नवदुर्गा भगवतीको पूजा https://www.dhangadhikhabar.com/news/12295 Wed, 01 Apr 2020 08:53:05 +0545 https://www.dhangadhikhabar.com/news/12295 प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिनई चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

]]>
कञ्चनपुरमा रुख काटने दुईजना बन्चरोसहित पक्राउ https://www.dhangadhikhabar.com/news/12294 Wed, 01 Apr 2020 08:46:38 +0545 https://www.dhangadhikhabar.com/news/12294 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा रहेको बैजनाथ सामुदायिक वनमा मंगलवार रुख काटदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्। कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा रहेको बैजनाथ सामुदायिक वनमा मंगलवार रुख काटदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नरेश पातली र दिनेश साउद रहेका छन्।

पक्राउ परेका दुवै जनाबाट काटेको काँचो काठ र बन्चरो समेत बरामद गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए। पक्राउ परेका दुवै जनालाई डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइने उनले बताए।

दुवै जनामाथि प्रचलित वन ऐनअन्तर्गत कारवाही हुने बताइएको छ। जिल्ला लकडाउन भएको मौका छोप्दै दुवै जनाले वन क्षेत्रमा छिरेर काठ काटेको बताइएको छ । 
 

]]>
धनगढीका कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ https://www.dhangadhikhabar.com/news/12293 Wed, 01 Apr 2020 08:41:55 +0545 https://www.dhangadhikhabar.com/news/12293 सेती प्रादेशीक अस्पतालका तीन जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। धनगढी : सेती प्रादेशीक अस्पतालका तीन जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। कोरोना भाइरस संक्रमण आशंकित बिरामीको स्वाब संकलन गर्ने र उपचारमा संलग्न ती स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो। 

मंगलबार तीनै जनाको कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशीक अस्पतालका डाक्टर जगदिश जोशीले बताए। सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमित एक जनाको उपचार भइरहेको छ। 

]]>
कोरोनाभाइरस शुरु भएको चीनको उहानको अवस्था सामान्य, बजारमा चहलपहल बढ्दो https://www.dhangadhikhabar.com/news/12292 Wed, 01 Apr 2020 08:38:31 +0545 https://www.dhangadhikhabar.com/news/12292 चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु भएको छ । भाइरस संक्रमण तिब्र रुपमा फैलिएसँगै उहानमा झण्डै दुई महिनासम्म दशौं लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

स्थानीय सरकारले हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाइएका सबैजसो प्रतिबन्धहरु खुला गरेको छ । उहान शहरको मुख्य सपिङ सडकमा दुई महिनापछि पुगेकी एक महिलाले अत्यन्त उत्साहित हुँदै भनिन्, “म अब पसलमाथि बदला लिन चाहन्छु ।”

तैपनि शहरमा विगतको तुलनामा ग्राहकको संख्या भने नगण्य नै देखिएको छ । सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका देखिन्छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ ।

तिनैमध्येकी उत्साही एक ग्राहक हुन् स्थानीय शिक्षिका । गत जनवरी २३ तारिखदेखि नै उहानमा लकडाउन गरिएपछि उनीजस्ता झण्डै एक करोड १० लाख मानिस घरभित्रै बस्न बाध्य भएका थिए ।

चुहे हान्जी मलमा भेटिएकी केट नाम गरेकी ती महिलाले भनिन्, “म आज अत्यन्तै खुशी छु, मलाई बेस्सरी कराउन मन लागेको छ आज ।” उनी थप्छिन्, “घरभित्र दुई महिनासम्म थुनिएकोले होला मलाई आज बेस्सरी उफ्रिन मन लागिरहेको छ ।”

हुबेको पूर्वी शहर नान्जिङकी शिक्षिका केट समेतका सबै नागरिक घरभित्रै बन्द भएका थिए । कोरोनाभाइरसको संक्रमण रोक्न चीनको केन्द्र सरकारले चिनियाँ उद्योगको प्रमुख केन्द्रका रुपमा रहेको हुबे लकडाउन गरेको थियो ।

विश्वभरका सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले उहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको छ । कोरोनाभाइरसलाई परास्त गरेको घोषणासँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ ।

हुबे प्रान्तको उहान शहरमा यात्रामाथिको प्रतिबन्ध हटाइएको चीनकै अन्तिम शहर पनि हो । स्थानीयबासीलाई हुबेका अरु ठाउँमा यात्रा गर्न दिइएको भए पनि प्रान्त छाड्न दिइएको थिएन । हुबेका उहान बाहेकका अन्य ठाउँका बासिन्दामाथिको प्रतिबन्ध गत मार्च २३ मै हटाइएको थियो । उहानका बासिन्दामाथिका यात्रा प्रतिबन्धहरु आगामी अप्रिल ८ बाट हटाइनेछ ।

उहानको एउटा वन्यजन्तु बजारबाट मानिसमा कोरोनाभाइरस संक्रमण भएको केही अनुसन्धाताहरुले बताएका छन् । गत डिसेम्बरमै उहानमा कोरोनाभाइरस फैलिएको अनुमान गरिए पनि जनवरी १९ मा चीनमा नयाँवर्षका कार्यक्रमहरु आयोजना गर्न थालिए, र स्वभावत, ठूलो जनसमूह सामूहिक कार्यक्रममा भाग लिन थाले ।

उहानका स्थानीय नेताहरुले जनवरी २२ मा अर्को एउटा ठूलो सांगीतिक कार्यक्रम आयोजना गरेका थिए जसमा सहभागी संगीतकर्मी र कलाकारहरुले कार्यक्रमकै बीचमा नराम्रोसँग खोक्नु परेको थियो । यतिबेलासम्म सरकारलाई भाइरसको संक्रमण खतरानाक मोडमा पुगेको थाहै थिएन । अर्को बिहान, स्थानीयबासीले एउटा समाचार सुन्नु परेको थियो, उहान शहरलाई बाँकी विश्वबाट अलग गरिएको छ ।

प्रहरीले राष्ट्रिय राजमार्गका प्रवेशद्वारहरुमा ताला लगाएका थिए । ट्रकहरुलाई मात्र शहरका लागि आवश्यक सामग्री ल्याउन अनुमति दिइएको थियो । बस र सबवे सेवा बन्द गरिएको थियो ।

रेस्टुराँ, पसलहरु, सिनेमा र अरु व्यवसायहरु बन्द गरिए, सडकहरु सुनसान भए । मानिसहरुलाई घरभित्रै बस्न आदेश दिइयो । यी प्रतिबन्धहरु उहान नजिकका अरु शहरमा पनि लागू गरिए र योक्रम झण्डै ८० करोड मानिससम्म बिस्तार गरियो, अर्थात् चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा गए ।

उहानमा बिरामीको उपचार, भाइरसको प्रकृति र यसको नियन्त्रणका लागि व्यापक प्रयास एवं अध्ययन गरिए । एक हजारभन्दा बढी शैया रहेका दुई वटा अस्थायी अस्पतालहरु रातारात बनाइए र अर्को एउटा स्थानीय प्रदर्शन केन्द्रमा स्थापना गरियो । सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई उहान खटाइयो । उनीहरुका साथमा धेरै टन अत्यावश्यकीय चिकित्सा सामग्री पनि पठाइयो ।

राष्ट्रपति सी चिनफिङले मार्च १० तारिखमा पहिलो पटक उहानको भ्रमण गर्नु भयो । उहाँले भाइरस नियन्त्रणका लागि भइरहेका प्रयास एवं बिरामीको उपचारमा केन्द्र सरकार पूर्ण रुपमा जनताको साथमा रहेको स्थानीयबासीलाई विश्वस्त बनाउने प्रयास गर्नु भयो । अर्को दिन, सरकारले हुबेमाथिको प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाले, कतिपय कलकारखाना र अत्यावश्यक ठानिएका अरु व्यवसाय खुला गर्न थालियो ।

सोमबार चुहे हान्जी मलमा करिब ७५ प्रतिशत पसलहरु खुलेका छन् तर उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् अर्थात् एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ । पसलेहरुले हात धुन स्यानिटाइजर्सको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो त छैन भनेर जाँच्ने गरिएको छ ।
बस र सबवे शनिबारदेखि पुनः खुलेका छन् भने रेलवे चालू भएको छ । हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन् ।

उहानमा कोरोनाभाइरसका कारण दुई हजार ५४७ जनाको ज्यान गएको थियो । चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १८६ जनामध्ये करिब ८० प्रतिशत उहानकै नागरिक थिए । चीनभर ८१ हजार ४७० जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको थियो ।

स्थानीय चिनियाँ अधिकारीहरुलाई उद्योग, व्यवसायहरु खुला गर्न एवं पूर्ववत रुपमै संचालनमा ल्याउने व्यवस्था गर्न आदेश दिइएको छ । सँगै काममा फर्कने मानिसमा कुनै संक्रमण देखिए तत्काल उपचार समेतका अरु कार्यहरु गर्न भनिएको छ ।

यसैसाता, उहान भ्रमण गर्ने प्रत्येक व्यक्तिलाई शहरमा आउनु पर्ने कारण र कस्तो तरिकाबाट आइपुगेको हो भन्ने जानकारी गराउन भनिएको छ । होटलमा बसेका व्यक्तिमा ज्वरो भए नभएको भन्दै दिनमा कम्तीमा दुई पटक जाँच्ने व्यवस्था गरिएको छ । उनीहरुले स्मार्टफोनमा उपलब्ध एपमा आफूलाई जोड्न भनिएको छ ताकि यात्रा सहित निज व्यक्तिको स्वास्थ्य अवस्था र यात्रा बारे नियमित अनुगमन गर्न सकियोस् ।

अधिकारीहरुले पाँच वटा होटललाई उहान भ्रमण गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि छुट्याएका छन् । यी होटलमा विदेशी नागरिक समेतलाई राखिने छ । होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुका सामानलाई डिसइन्फेक्ट गर्नु पर्नेछ ।

बसमा यात्रा गर्न चाहने प्रत्येक यात्रुले रातो भेस्ट लगाएका स्वयंसेवीलाई स्मार्टफोनको स्वास्थ्य कोड देखाउनु पर्नेछ ।

]]>
आजदेखि धनगढी मै कोरोना भाईरसको नमुना परीक्षण हुने https://www.dhangadhikhabar.com/news/12291 Wed, 01 Apr 2020 08:33:35 +0545 https://www.dhangadhikhabar.com/news/12291 प्रयोगशालाको  विस्तार गर्दै आजदेखि पोखरा र धनगढीबाट पनि कोभिड-१९ को नमूना परीक्षण शुरू गरिने भएको छ। प्रयोगशालाको  विस्तार गर्दै आजदेखि पोखरा र धनगढीबाट पनि कोभिड-१९ को नमूना परीक्षण शुरू गरिने भएको छ। त्यसका लागि हिजै, १८ चैतमा पीसीआर उपकरणहरू सम्बन्धित ठाउँमा पुर्‍याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसअघि १६ चैतबाटै कोभिड-१९ को नमूना परीक्षण शुरू गरिसकिएको थियो। हिजो पोखरा र धनगढीमा नेपाली सेनाको हेलिकप्टरबाट प्रयोगशालामा प्रयोग हुने उपकरणहरू लगेर जडान गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जनकपुरमा पनि पनि प्रयोगशालाका लागि उपकरण पठाइसकिएको छ। त्यस्तै बुटवल र सुर्खेतमा पनि केही दिनमै पठाइने छ। हेटौंडामा भने त्यहीँ रहेको प्रयोगशालालाई प्रयोग गर्ने गरी प्राविधिक टोली पठाइएको छ।

अन्य स्थानमा पनि आवश्यकता अनुसार प्रयोगशाला विस्तार गरिने प्रवक्ता देवकोटाले हिजो प्रेस ब्रिफिङमा जानकारी गराएका छन्। अहिलेसम्म कूल एक हजार ६० जनाको नमूना परीक्षण गरिएको छ। तीमध्ये ५ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

एकजना निको भइसकेका छन् भने चारजना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत् छन्।

]]>
विश्व स्वास्थ्य स‌ंगठनको चेतावनी : एशियामा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको छैन https://www.dhangadhikhabar.com/news/12290 Wed, 01 Apr 2020 08:23:31 +0545 https://www.dhangadhikhabar.com/news/12290 विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका छन्।

चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणमा आएको विवरण छ। तर ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको बताइन्छ। जापानमा पनि कडा प्रतिबन्ध नलगाएका कारण भाइरस फैलिन सक्ने चिन्ता बढेको थियो।

यसैबीच विश्व ब्याङ्कले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ। विश्व ब्याङ्कको नयाँ पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ।

]]>
अमेरिकामा एकैदिन ७१९ को मृत्यु, थप साढे २३ हजार बढी संक्रमित https://www.dhangadhikhabar.com/news/12289 Wed, 01 Apr 2020 08:15:57 +0545 https://www.dhangadhikhabar.com/news/12289 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा निकै तीव्र रुपमा देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अमेरिमा तीव्र रुपमा देखिएको छ ।

यूरोपियन मुलुकहरुमा पनि कोरोना संक्रमणको दर भने अपेक्षानुरुप रोकिएको छैन । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ७ सय १९ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६० पुगेको छ ।

त्यस्तै एकै दिन २३ हजार ५ सय ५२ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै अमेरिकामा १ लाख ८७ हजार ३ सय ४० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ६ हजार ४ सय ६१ जना उपचारपछि निको भएका छन् । ३ हजार ९ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने एक लाख ७७ हजार १९ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

]]>
काठमाडौंका यी ६ स्थानमा आजबाट नेपाल ग्यास वितरण हुँदै https://www.dhangadhikhabar.com/news/12288 Wed, 01 Apr 2020 08:12:32 +0545 https://www.dhangadhikhabar.com/news/12288 कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबार(आज)देखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबार(आज)देखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ ।

नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि उपभोक्ताको गुनासो सम्बोधन गर्दै बालाजु औद्योगिक क्षेत्रबाहेक नयाँ क्षेत्रमा ग्यास वितरणको तयारी भएको कम्पनीले जनाएको छ ।

नेपाल ग्यास कम्पनीका कार्यकारी निर्देशक गोकुल भण्डारीले उपभोक्ताको गुनासोअनुसार अतिरिक्त रुपमा आधा दर्जन स्थानमा तीन दिनसम्म ग्यास वितरण गर्न लागिएको बताए ।

उनका अनुसार काठमाडौँ उपत्यकाका ६ स्थानमा मिलाएर तीन दिनसम्म ग्यास वितरण गरिनेछ ।उनले तीन दिनमा दुई-दुई स्थानबाट ५६० वटासम्म सिलिण्डर वितरणको तयारी गरेको जानकारी दिए ।

बुधबार बिहान १० बजे सुरक्षाकर्मीका साथमा चाबहिल चोक र बाफल चोक, बिहीबार कोटेश्वर चोक र बानियाँटार चोक तथा शुक्रबार भनिमण्डल चोक र महाराजगञ्ज चोकवाट ग्यास सिलिण्डर वितरण गरिनेछ ।

]]>
चैत १९ गते बुधबारको राशिफल हेर्नुहोस् यस्तो छ ? https://www.dhangadhikhabar.com/news/12287 Wed, 01 Apr 2020 08:07:03 +0545 https://www.dhangadhikhabar.com/news/12287 २०७६ चैत १९ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । २०७६ चैत १९ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

घरायासी कलह बढ्ने योग छ । निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

]]>
एका बिहानै लकडाउन उल्लंघन गर्ने ५ सय २२ जना पक्राउ https://www.dhangadhikhabar.com/news/12286 Wed, 01 Apr 2020 08:04:07 +0545 https://www.dhangadhikhabar.com/news/12286 विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् । विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् ।

लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ । आज बिहान सात बजेसम्मको समयमा लकडाउन उल्लंघन गर्ने ५ सय २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा ४ सय २२ जना पुरुष र ८० जना महिला रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी लकडाउनको उल्लंघन गर्ने ४४ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

]]>
भारतमा कोरोनाभाइरसका कारण मृत्युु हुनेको संख्या ३५ पुग्यो https://www.dhangadhikhabar.com/news/12285 Wed, 01 Apr 2020 07:57:12 +0545 https://www.dhangadhikhabar.com/news/12285 भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । मंगलबार थप तीन जनाको मृत्यु भएसंगै मृतकको संख्या ३५ पुगेको भारतीय अधिकारीहरुले पुष्टि गरेका छन् ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १४ सय पुगेको छ । भारतमा फेब्रुअरी १५ मा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको थियो ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी महाराष्ट्र, केरल, युपी, दिल्ली र कर्नाटकप्रभावित बनेको भारतीय अधिकारीहरूले बताएका छन् ।

]]>
इटालीमा एकैदिन ८ सय ३७ जनाको मृत्यु https://www.dhangadhikhabar.com/news/12284 Wed, 01 Apr 2020 07:54:23 +0545 https://www.dhangadhikhabar.com/news/12284 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७ जनाले ज्यान गुमाएका छन् । यो सँगै इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार ५३ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १५ हजार ७ सय २९ जना उपचारपछि निको भएका छन् । ४ हजार २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७७ हजार ६ सय ३५ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

]]>
स्पेनमा कोरोना संक्रमितको संख्या करिव एक लाख https://www.dhangadhikhabar.com/news/12283 Wed, 01 Apr 2020 07:53:26 +0545 https://www.dhangadhikhabar.com/news/12283 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । संक्रमितको संख्या ९५ हजार ९ सय २३ जना भन्दा बढी पुगेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४८ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । त्यस्तै एकै दिन ७ हजार ९ सय ६७ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १९ हजार २ सय २५ जना उपचारपछि निको भएका छन् । ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ६८ हजार २ सय उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

]]>
कोरोनाको संक्रमण विश्वका २०२ देशमा, ४२ हजार बढीको मृत्यु https://www.dhangadhikhabar.com/news/12282 Wed, 01 Apr 2020 07:51:33 +0545 https://www.dhangadhikhabar.com/news/12282 विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म ४२ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

बितेको २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ ।

उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा बितेको २४ घण्टामा थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ३ सय ४७ पुगेको छ । ३ हजार ८ सय ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये ७ सय १९ जना नयाँ हुन् ।

त्यस्तै इटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

चीनमा बितेको २४ घण्टामा नयाँ संक्रमित फेला परेको छैन भने मृत्यु पनि भएको छैन् । अहिलेसम्म चीनमा ८१ हजार ५ सय १८ संक्रमित छन् । ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।

]]>
इटालीमा कोरोनाको उग्ररुप : थप ८ सय ३७ को मृत्यु https://www.dhangadhikhabar.com/news/12281 Tue, 31 Mar 2020 23:07:42 +0545 https://www.dhangadhikhabar.com/news/12281 इटालीले कोरोना भाइरस (कोभिड -१९)बाट ८ सय ३७ जनाको मृत्यु इटालीमा थप ८ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ सय ३७ जनाको मृत्यु छ।  

यो अवधिमा ४ हजार भन्दा धेरै नयाँ संक्रमित पनि थपिएका छन्। यससँगै इटालीमा भाइरसका समग्र संक्रमितको संख्या १ लाख ५ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि १२ हजार ४ सय २८ पुगेको छ। इटालीले कोरोना भाइरस (कोभिड -१९) नियन्त्रणका लागि मुलुकभर लगाइएको लडडाउनको समयावधि लम्ब्याउने तयारी गरेको छ।

महामारी अझै नियन्त्रणमा आउने संकेत नदेखिएसँगै इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले आफ्ना नागरिकलाई लामो समयको ‘लकडाउन’को लागि तयारी रहन अनुरोध गरेका हुन्। डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना संक्रमण सुरुमा देशभित्र मात्र थियो।

त्यसपछि इटलीमा महामारीको रुप लियो। उत्तरपूर्वी क्षेत्रमा संक्रमण फैलिएपछि सुरुमा त्यहाँ मात्र लकडाउन गरेको इटलीले मार्च १० बाट पुरै देशलाई लकडाउन ग¥यो। तर महामरी नियन्त्रणमा आएन। लगातार नयाँ संक्रमित थपिएका छन्, मृतकको संख्या बढिरहेको छ। अहिलेसम्म इटालीमा कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ।

]]>
कैलाली लकडाउनमा थप कडाइ : प्रमुख जिल्ला अधिकारी स्वयं सडकमा https://www.dhangadhikhabar.com/news/12280 Tue, 31 Mar 2020 22:49:43 +0545 https://www.dhangadhikhabar.com/news/12280 प्रमुख जिल्ला अधिकारी आफै सडकमा निस्कीएर लकडाउनमा थप कडाईको आदेश कैलालीमा लकडाउनमा थप कडाई गरीएको छ। साझँको समयमा सर्वसाधारहरु बाहिर निस्कन थालेपछि प्रमुख जिल्ला अधिकारी यज्ञरा बोहरा आफै सडकमा निस्कीएर लकडाउनमा थप कडाईको आदेश दिएका हुन्।

प्रजिअ बोहरासंगैसहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सशस्त्र प्रहरी ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले धनगढीमा सवारी साधनमाथि थप कडाई गरेका छन्। सवारी चालकहरुलाई रोकेर प्रजिअ बोहराले सवारी साधन नचलाउन र लकडाउनको पालना गरेर घरभित्रै बस्न सुझाव दिए।

उनले कोरोना रोकथामका लागि सम्पूर्ण कैलालीवासीलाई घरभित्रै बस्न र साँझपख पनि घर बाहिर ननिस्किन आग्रह गरे। यसै बिच साँझ सशस्त्र प्रहरी र प्रहरीले ६४ वटा मोटरसाईकलमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए। भोलि देखि लकडाउन उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने प्रजिअ बोहराले बताए।

उनले दिनभरी कोठाभित्र बसेर साँझ सडकमा निस्किने हो भने लक डाउनको अर्थ नरहने बताए। यसै बिच जिल्ला प्रशासनले दिएका सम्पूर्ण पासहरु समेत आजदेखि खोसेको छ। बन्द रहेका अस्पताल र औषधी पसललाई समेत सवारी साधनमा रोक लगाएको छ। अत्यावश्यकीयक काम बाहेक अन्य कुनै प्रयोजनमा बाहिर निस्किएको पाईए सर्वसाधारणलाई समेत प्रहरीले भोलिदेखि नियन्त्रणमा लिने जनाएको छ।

]]>
अछाममा भारतबाट भित्रिएका ४ हजार जना मध्ये ६४ जना मात्रै क्वारेन्टाइनमा https://www.dhangadhikhabar.com/news/12279 Tue, 31 Mar 2020 22:28:47 +0545 https://www.dhangadhikhabar.com/news/12279 अछामका १० वटै स्थानीय तहले जिल्ला बाहिर तथा भारतबाट आएका नागरिकको तथ्यांक संकलन अछामका १० वटै स्थानीय तहले जिल्ला बाहिर तथा भारतबाट आएका नागरिकको तथ्यांक संकलन गरिरहेका छन्। जिल्लाको मंगलसेन, पञ्चदेवल बिनायक,साँफेबगर, कमलबजार नगरपालिका,बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख, रामारोशन, तुर्माखाद,ढकारी र चौरपाटी गाउँपालिकाले संकलन गरेको तंथ्याकमा ३ हजार ८ सय ४६ जना भित्रिएका छन्।

चैत १५ गते जिल्ला कमाण्ड समितिको बैठकले सबैलाई तथ्यांक संकलन गर्न निर्देशन दिएपछि अछाममा बाहिरका जिल्ला, भारत तथा तेस्रो मुलकबाट आएका नागरिकको तथ्याक संकलन गरिएको हो ।

साँफेबगर नगरपालिकामा १४ वटै वडामा १ सय ४३ जना जिल्ला बाहिर तथा भारतबाट आएको तंथ्याक रहेको छ । उनीहरु सिधै घरपरिवारको सम्पर्कमा रहेका छन् । स्थानीय तहले बनाएका क्वारेन्टाइन बसेका छैनन् ।

 

मंगलसेन नगरपालिकामा १४ वटै वडाको तंथ्याकमा यस अवधिमा ८ सय ३२ जना भित्रिएका छन्।  जसमा सबैभन्दा धेरै वडा नम्बर १३ बस्तीमा १ सय ५६ र सबै भन्दा कम वडा नम्बर २ मिस्तुरुमा ५ जना रहेका मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले दिए ।

जसमा अंधिकाश भारतबाट आएका र केही व्यक्ति काठमाडौंबाट आएका उनले बताए । अहिले मंगलसेनको क्वारेन्टाइनमा ५३ जनालाई १४ दिनका लागी राखिएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा ५ सय २५ जना भित्रिएका छन । जसमा भारतबाट २ सय ९९ र जिल्ला बाहिरबाट २ सय २६ जना आएका गाउँपालिकाका अध्यक्ष राजेन्द्र खड्काले बताए ।

मेल्लेख गाउँपालिकामा यस अवधिमा भारतबाट मात्रै आएका नागरिकको तंथ्याक संकलन गर्दा ५ सय ७४ नागरिक आएका छन । गाउँपालिका ८ वटै वडामा ४ सय ६९ पुरुष, ७७ महिला र २८ जना बालबालिका आएका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मतबहादुर बुढाले जानकारी दिए।

उता रामारोशन गाउँपालिकामा १ हप्ताको अवधिमा १ सय ९८ नागरिक भित्रिएका तंथ्याक रहेको छ । ७ वटै वडाको तंथ्याकमा पुरुष १ सय ७८ जना र महिला २० जना रहेका गाउँपालिकाले जनाएको छ । यसैगरी पञ्चदेवल बिनायक नगरपालिकामा चैत ५ गते यता ८५ जना भित्रिएका छन् ।

जसमा ७८ परुष, ७ महिला रहेका नगरपालिकाले जनाएको छ । यसैगरी चौरपाटी गाउँपालिकामा ३ सय १० जना भित्रिएका छन् । ढकारी गाउँपालिकामा ५ सय ८७,तुर्माखाँद गाउँपालिकामा ३ सय ५६ र कमलबजार नगरपालिकामा २ सय ४३ जना जिल्ला बाहिर तथा भारतबाट भित्रिएका छन् ।

कमलबजारमा निषेधाज्ञा उलंघन गरी ११ जनालाई क्वारेन्टाईमा राखिएको छ । तुर्माखाद गाउँपालिका भित्रिएका ३ सय ५६ जना सबै भारतबाट आएका स्वास्थ शाखा प्रमुख एकेन्द्र वयकले बताए । उनले भने, ‘गाउँपालिकाले क्वारेन्टाइन बनाएको छ तर  कोही बस्नै मान्दैनन्, सुरक्षित घरमै बस्नु होला भनेका छौं,सम्झाउन र बुझाउनै गाह्रो छ । नियमित स्वास्थ परीक्षण भने गरिरहेका छौं। 

]]>
जिल्ला अस्पताल बाजुरामा आईसोलेसन वार्डमा एक जनालाई भर्ना https://www.dhangadhikhabar.com/news/12278 Tue, 31 Mar 2020 21:58:47 +0545 https://www.dhangadhikhabar.com/news/12278 एक जनालाइ कोरोना भाइरस (कोभिड १९) को संकाष्पद       जिल्ला अस्पताल बाजुराको आईसोलेसन वार्डमा एक जनालाई भर्ना गरिएका छन । एक जनालाइ कोरोना भाइरस (कोभिड १९) को संकाष्पद  देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाः रुपचन्द्र विश्वकर्मालेबताएका छन् ।डाक्टरका अनुसार भर्ना गरिएका किशाेरको अबस्था सामान्य रहेको छ ।  उनको भोलि नमुना संकलन गर्ने तयारी भैरहेको छ । सामान्य लक्षण मिल्ने र १ सय डिग्री भन्दा माथि तापक्रम पनि देखिएकोले भर्ना गरिएको अस्पतालले बताएको छ । 

कुनै प्रकारको अन्य संक्रमण थाहा भएको  नभएकोले यो नै हो भनेर परिक्षणपछि मात्र जानकारी हुने जिल्ला अस्पताल बाजुराले जनाएकाे छ ।

 

 

 

]]>
बुटवलको कोरोना अस्पतालबाट उठेन थापाको शव https://www.dhangadhikhabar.com/news/12277 Tue, 31 Mar 2020 20:53:37 +0545 https://www.dhangadhikhabar.com/news/12277 थापा दम्पतीका सात वर्ष र छ वर्षका दुई छोरा छन्  ‘कोरोना विशेष’ अस्थायी अस्पताल बुटवलको आइसोलेसन वार्डमा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाकी श्रीमती रीताले आफ्ना पतिको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै छानबिनको माग गरेकी छन् ।

कोरोना भएको भन्दै अस्पतालले राम्रोसँग उपचार नगर्दा पतिले अनाहकमा ज्यान गुमाउँदा आफू अन्यायमा परेको थापा पत्नी रीताको भनाइ छ।

दुबईबाट चैत ६ गते नेपाल आएका थापालाई भोलिपल्ट ज्वरो आएको थियो । मुर्गियाको आचार्य मेडिकल पुगेका उनलाई टाइफाइड भएको भन्दै औषधि दिइएको थियो । तर, ज्वरो नरोकिएपछि उनी सरकारी हेल्थपोष्टमा चेक गराएर दुई दिन घरमै बसे । कोरोनाको शंका लागेर चैत १३ गते ई(रिक्सामा चढेर लुम्बिनी प्रादेशिक अस्पताल गएका उनको उपचारका क्रममा १६ गते निधन भयो ।

मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएको छ । भर्ना भएको दिन नै चेकजाँच गरेर उपचार गरेको भए आफ्ना पतिको ज्यान जोगिने रीताले बताइन् । तर, अस्पतालले बिरामी आफैंलाई ज्वरो नाप्न दिनेबाहेक अरु केही नगरी राखेको उनको दाबी छ ।

अस्पताल भर्ना भएको चार दिनसम्म स्वाब परीक्षण गर्न काठमाडौं नपठाएको र सास फेर्न गाह्रो भएको बिरामीलाई आईसीयू वा भेन्टिलेटरमा नराखेको उनको आरोप छ । ‘अस्पतालले राम्रोसँग चेकजाँच गरेर अक्सिजन दिएको भए मेरा श्रीमान बाँच्नुहुन्थ्यो होला’, २६ वर्षीया रीता थापाले अनलाइनखबरसँग भनिन्, ‘स्वाब पनि बिरामीको प्राण गएपछि मात्र काठमाडौं पठाएको भन्नेछ । यसको छानबिन गरी मलाई न्याय दिनुपर्योन।’

आफ्ना श्रीमान् अस्पताल भर्ना भएपछि डाक्टर नजिक नपरेको, ज्वरो आफैं नाप्नुपरेको, तातो पानीसमेत नदिइएको उनको आरोप छ । मृत्यु भएको दिनको बिहान साढे आठ बजे श्रीमानसँग फोनमा कुरा हुँदा एकदमै दबेको स्वर सुनेको र त्यसपछि आफूले डाक्टरसँग बुझ्दा ‘मोबाइलमा ब्याट्री सकिएर नबुझिएको होला, आत्तिनुपर्दैन’ भन्ने जवाफ पाएको उनी बताउँछिन् ।

‘काठमाडौं लैजानुपर्ने भयो, चार–पाँच जना मान्छे लिएर आउनुभन्दै ११ बजेतिर अस्पतालबाट फोन आयो’, रीताले भनिन्, ‘सहयोगका लागि मान्छे खोज्दाखोज्दै एक बजेतिर उहाँ बित्नुभयो भने ।’

उपचारमा भएको लापरबाहीबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही र आफूलाई राहतको व्यवस्था नभएसम्म शव नबुझ्ने अडान उनले लिएकी छन् ।

क्षेत्री युवा समाज, प्रदेश ५ का अध्यक्ष हरि क्षेत्रीले कोरोना विशेष अस्पताल भनेर प्रचार गरिएको उपकरणविहीन अस्पतालमा बिरामीप्रति न्यूनतम मानवीय व्यवहार समेत नभएको टिप्पणी गरे । भन्छन्, ‘ज्वरो आएका जति सबै बिरामीलाई जबर्जस्ती हुलेर कोरोना विशेष अस्पताल भन्दै प्रचार गर्ने काम तुरुन्त रोकियोस् ।’

सामाजिक अभियन्ता मुक्तिराज पौडेल कोरोना विशेष अस्पताल भन्दै लुम्बिनी धागो कारखानामा हतार(हतार तयार पारिएको अस्पताललाई क्वारेन्टाइन मात्र भन्न मिल्ने बताउँछन् । उनका अनुसार, त्यहाँ न स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री छन् न त उपचारका लागि आवश्यक मेडिकल उपकरण । एकै ठाउँमा लहरै बिरामी राखेर प्रदेश ५ ले कोरोना विशेष अस्पताल खोलेको प्रचार गरिएको उनको टिप्पणी छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। राजेन्द्र खनाल भने कोरोना विशेष अस्पतालमा आईसीयू र भेन्टिलेटर राख्ने प्रक्रिया अघि बढेको बताउँछन् । त्यहाँ कन्सल्ट्यान्ट डाक्टर, मेडिकल अफिसर र नर्सिङ स्टाफ गरी १५ जनाको टिम रहेको उनले बताए ।

उनका अनुसार, मृतक थापाको तल्लोश्वास नलीमा समस्या ९एलआरटीआई० थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि आईसीयूमा लैजाने तयारी गर्दैगर्दा थापाको मृत्यु भएको डा। खनालले बताए ।

सैनामैना– ४, सिसौडाँडामा मासिक ३५ सय रुपैयाँ भाडाको कोठामा बसेका थापा दम्पतीका सात वर्ष र छ वर्षका दुई छोरा छन् ।

]]>
पूर्वराजा ज्ञानेन्द्रद्वारा कोरोना कोषलाई २ करोड https://www.dhangadhikhabar.com/news/12276 Tue, 31 Mar 2020 19:44:12 +0545 https://www.dhangadhikhabar.com/news/12276 पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएका छन्। पूर्वराजपरिवार आबद्ध हिमानी कोषमार्फत पूर्वराज परिवारले सो सहयोग गरेको हो।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै पूर्व राजा ज्ञानेन्द्रले लकडाउन बाध्यात्मक परिस्थिति भएको उल्लेख गर्दै यसप्रति अनुशासित बन्न पनि सबैसँग आग्रह गरेका छन्।

उनले महामारीको यस क्षणमा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलगायत सबै सुरक्षाकर्मीप्रति आभार प्रकट गरेका छन्।

पूर्व राजाले राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेकोमा प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन आग्रह पनि गरेका छन्।

]]>
दिल्लीको मस्जिदमा कोरोनाको आशंका, धार्मिक सभामा १९ नेपाली सहभागी https://www.dhangadhikhabar.com/news/12275 Tue, 31 Mar 2020 19:39:12 +0545 https://www.dhangadhikhabar.com/news/12275 दिल्लीको मस्जिदमा कोरोनाको आशंका, पोखरामा बाबुलाई पीर कोरोना भाइरसको संक्रमण फैलिएको भनिएको नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा १९ जना नेपाली सहभागी भएको खुलेको छ।भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले निजामुद्दिनस्थित उक्त मस्जिदको धार्मिक सभामा सहभागी भएका सबै नेपालीको नाम र नेपालको ठेगाना दूतावाससँग भएको जानकारी दिए।

‘सबै १९ जनाको नेपालको ठेगाना हामीले पठाइसकेका छौं तर उनीहरू अहिले भारतमै छन् कि नेपाल फर्किइसके भन्ने एकिन छैन, हामी पत्ता लगाउन प्रयास गरिरहेका छौं,’ राजदूत आचार्यले भने।आचार्यका अनुसार उक्त मस्जिदको मदरसामा १३ जना नेपाली विद्यार्थी पढ्थे।‘यी विद्यार्थीहरू धार्मिक सभामा सहभागी नभएकाले उनीहरूलाई संक्रमणको सम्भावना कम छ,’ राजदूत आचार्यले भने,‘धार्मिक सभामा सहभागी भएकाको खोजी र विद्यार्थीको स्वास्थ्य परीक्षणमा हामीले भारतीय अधिकारीसँग समन्वय गरिरहेका छौं।’उनका अनुसार ती विद्यार्थीको स्वास्थ्य परीक्षण र क्वारेन्टिनमा राख्ने जिम्मा भारतीय पक्षले नै पूरा गर्नेछ।

यो पनि पढ्नुस्:

दिल्लीको मस्जिदमा कोरोनाको आशंका, पोखरामा बाबुलाई पीर

टाइम्स अफ इन्डियाले अहिलेसम्म उक्त धार्मिक सभा सहभागी भएकामध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ।अहिलेसम्म मस्जिदभित्र रहेका  १०३३ जनालाई बाहिर निकालिएको छ भने  तीमध्ये तीन सय जनालाई अस्पताल पठाइएको छ र सात जनालाई क्वारेन्टिनमा राखिएको छ।उक्त धार्मिक सभामा सहभागीमध्ये ९ जना भारतीय र एक जना फिलिपिन्सका नागरिकको कोरोना भाइरसका कारण ज्यान गएको टाइम्स अफ इन्डियाल  जनाएको छ।

कसरी आइपुग्यो मस्जिदभित्र कोरोना?

मार्च पहिलो साता ताबलिवी जमातले नयाँदिल्लीको निजामुद्दिनमा रहेको आफ्नो केन्द्रीय कार्यालयमा धार्मिक प्रार्थना आयोजना गरेको थियो।वर्षभरि मुस्लिम धर्मालम्बीहरूले आउजाउ गरिरहने सय वर्ष पूरानो उक्त मस्जिदमा संसारभरिबाट श्रद्धालु आएका थिए। तीमध्ये केही साउदी अरेबिया, इन्डोनेसिया, मलेससियालगायत देशका पनि थिए।  जतिबेला उनीहरू भारत आए त्यतिन्जेल उनीहरूको देशमा कोरोना भाइरसको संक्रमण फैलिन थालिसकेको थियो।भारतका विभिन्न राज्यबाट पनि मानिसहरू प्रार्थनामा आए। प्रार्थना सकेर आ(आफ्नो घर फर्किए।गत बिहीबार उक्त प्रार्थनामा सहभागी भएर फर्किएका जम्मु कस्मिरका एक जना तीर्थयात्रीको मृत्यु भयो।

उनको मृत्युलाई कसैले वास्ता गरेन। ६५ वर्ष पुगिसकेका उनको मृत्यु स्वभाविक ठानियो।तर पछि निजामुद्दिनबाट फर्किएकाहरू तमिलनाडु, तेलंगना, केरला, पश्चिम बंगालमा बिरामी पर्न थाले। जाँच्दा उनीहरूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भयो।त्यसपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मस्जिद सिल गर्न निर्देशन दिएका थिए।

]]>
१५ दिनको तलब कारोना कोषमा जम्मा गर्ने नेकपा सुदूर पश्चिम संसदीय दलको निर्णय https://www.dhangadhikhabar.com/news/12274 Tue, 31 Mar 2020 19:32:38 +0545 https://www.dhangadhikhabar.com/news/12274 नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुदूर पश्चिम संसदीय दलले कोरोना रोकथाम कोषमा पन्ध्र दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुदूर पश्चिम संसदीय दलले कोरोना रोकथाम कोषमा पन्ध्र दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।

संसदीय दलका प्रमुख सचेतक तारा लामा तामांगले सुदूरपश्चिम प्रदेशबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेकपाका प्रदेश सभासदले जोखिम ब्यवस्थापनका लागि सरकारी कोषमा रकम जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ३० जना सांसद रहेका छन् । कोरोना भाईरसको संक्रमणबाट हाल सम्म नेपालमा ६ जना संक्रमित भएका छन् ।

कोरोना टेष्ट किट र ब्यक्तिगत सुरक्षा सामग्रीकोसहित स्रोतको अभावमा प्रभावकारीरूपमा काम हुन नसकेपछि प्रदेश सरकारले कोरोना रोकथाम तथा नियंत्रण जोखिम कोषको स्थापना गरेको थियो ।

]]>
कोरोना परीक्षण प्रयोगशालाका उपकरण ल्याएर सेनाको हेलिकोप्टर धनगढी पुग्यो https://www.dhangadhikhabar.com/news/12273 Tue, 31 Mar 2020 19:19:29 +0545 https://www.dhangadhikhabar.com/news/12273 कोरोना भाईरसको नमूना परिक्षणका लागि चीनबाट खरिद गरी ल्याईएको प्रयोगशालाका समाग्री सुदूरपश्चिम पुगेको छ । धनगढी : कोरोना भाईरसको नमूना परिक्षणका लागि चीनबाट खरिद गरी ल्याईएको प्रयोगशालाका समाग्री सुदूरपश्चिम पुगेको छ । प्रयोगशालाका उपकरण सामाग्री र पाँचजना स्वास्थ्यकर्मीको टोली संघीय सरकारले सेनाको हेलीकोप्टर मार्फत धनगढी पठाएको हो ।

संघीय सरकारले प्रयोगशाला स्थापनाका लागि विज्ञहरुको टोली खटाएको थियो । सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरसका लागि उपकरण धनगढी पुगेको र भोलीबाटै परिक्षण सुरु हुने सम्भावना रहेको विज्ञ टोलीले जनाएको छ ।

उक्त उपकरणबाट कोरोना भाइरसको परिक्षण दुई, तीन घण्टा भित्रै हुने बताईएको छ ।मलिक्युलर डायग्नोसिस बिज्ञ सुनिल प्रशाद लेखक र धनगढीमा रहेका प्राबिधिकको समेत सहयोगमा परिक्षण हुनेछ। 

यो मसिन चिनिया सरकारबाट पास भई संसारका बिभिन्न देशमा प्रयोग भईसकेको र नेपालमा बिज्ञबाट पनि validated, हेण्डल गर्न सजिलो प्रबिधि पनि भएकोले नेपालका प्राबिधिकले पनि प्रयोग गर्न सक्ने छन ।

]]>
लकडाउनमा फोनको पैसा कसरी तिर्ने? रिचार्ज कसरी गर्ने? यी हुन् उपाय https://www.dhangadhikhabar.com/news/12272 Tue, 31 Mar 2020 18:16:20 +0545 https://www.dhangadhikhabar.com/news/12272 नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा केआईओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन/मोबाइल बैंकिङ सेवाहरु तथा विभिन्न बैंकका भिसा कार्ड/मास्टर कार्डका विकल्पहरु उपलब्ध रहेको जनाएको छ। नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा केआईओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु, विभिन्न बैंकका अनलाइन/मोबाइल बैंकिङ सेवाहरु तथा विभिन्न बैंकका भिसा कार्ड/मास्टर कार्डका विकल्पहरु उपलब्ध रहेको जनाएको छ।

यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीभाईबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यी विकल्पहरु सम्बन्धी विस्तृत जानकारी कम्पनीको वेबसाइटको पेज (यहाँ क्लिक गर्ने)मा उपलब्ध गरिएको टेलिकमले जनाएको छ।

हाल कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेको हुनाले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकवर्गलाई कठिनाई हुनसक्ने देखिएको छ।

ग्राहकले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन तथा मित्रवर्गसँग सञ्चार सम्पर्कमा रहिरहन सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको हो।

(क) मोबाइल भुक्तानी सेवा (एमपीओएस) तथा केआईओएसके मेसिन
यसअन्तर्गत कम्पनीका आधिकारिक एमपीओएस सेवा प्रदायकहरु स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआईओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ।

(ख) विभिन्न भुक्तानी सेवाका एपहरु
यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु इसेवा, खल्ती, आईएमई पे आदिका एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ। 

(ग) विभिन्न बैंकका अनलाइन तथा मोबाइल बैंकिंङ सेवाहरु
यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैंकिङ वा मोबाइल बैंकिङको सुविधा लिई सोही बैंकको वेबपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

(घ) विभिन्न बैंकका भिसा/मास्टर कार्डहरु
चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न (यहाँ क्लिक गर्ने) मा लगअन गर्नुपर्दछ ।

सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति, कार्ड होल्डरको नाम र सीभीभी (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी ‘ओके’ गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइल/इमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ ।

माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ ।

हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।

यसका लागि मोबाइलबाट 'स्टार-४२२-स्टार-एसकोड -स्टार -मोबाइल नम्बर- स्टार -अमाउन्ट इन रुपिज - ह्याक्स' डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको एससीओडीई (सेक्युरिटी कोड) प्राप्त गर्न एससीओडीई टाइप गरी १४१५ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।

यसरी ब्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकमसहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ ।

]]>
कंचनपुरको दोधराचादनी झोलुङ्गे पुलको गेटमा लगाइयो ताला https://www.dhangadhikhabar.com/news/12271 Tue, 31 Mar 2020 18:03:57 +0545 https://www.dhangadhikhabar.com/news/12271 लकडाउन उल्लंघन गरि आवतजावत बढेपछि ताला लगाइएको हो । कंचनपुर : विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को रोकथाम र न्यूनीकरण गर्नको लागि देशभर नेपाल सरकारले लकडाउन गरेको छ । तर लकडाउन उल्लंघन गरि आवतजावत गर्ने हरुको भने कमि भएको छैन ।  कोरोना भाइरसको महामारी  फैलिरहेको अवस्थामा    अवैध रुपमा आवतजावत भइरहेको कारण  महाकाली र भीमदत्त नगरपालिका जोड्ने एसियाकै दोस्रो लामो महाकाली नदिमा रहेको दोधाराचादनी झोलुङ्गे पुलको गेटमा ताला लगाइएको छ।  भारतबाट  स्वदेश फर्किने नेपालीहरु स्वस्थ्य परिक्षण नगरी दिनानुदिन भित्रिरहेको पाइएपछी उक्त पुलको दुवै गेटमा ताला लगाइएको छ ।
आइतबार बसेको मन्त्री परिषदको बैठकले पुन ८ दिन लकडाउन थप्ने निर्णय गरेको छ ।  चैत्र २५ गते सम्म देशभर आवतजावत लगायतका क्रियाकलाप सबैमा रोक लगाएको छ । खुल्ला सिमानाकाको कारण भरतका विभिन्न ठाउँ देखि महाकाली नगरपालिका हुँदै स्वदेशी भुमी तर्फ आउने क्रम नरोकिएको कारण कोरोना संक्रमणको उच्च  जोखिम रहेको भन्दै  १८ गते मंगलबार बिहान सशस्त्र प्रहरीले पुलको गेटमा ताला लगाएको हो ।
भारत बाट नेपाल फर्किने नेपालीहरु अवैध रुपमा स्वस्थ्य परिक्षण नगरी फर्किरहेका कारण उक्त कदम चालिएको सशस्त्र प्रहरी बल कंचनपुरले जनाएको छ । 

 

]]>
रुघाखोकीले बाजुराको सिङ्गो गाउँ प्रभावित, स्थानीय त्रसित https://www.dhangadhikhabar.com/news/12270 Tue, 31 Mar 2020 17:48:07 +0545 https://www.dhangadhikhabar.com/news/12270 यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । बाजुरा : यहाँस्थित खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।

एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए ।

परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन् । सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन् । कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए ।

]]>
कोरोना संक्रमितको उपचारको व्यवस्था गर्न निजी अस्पताललाई सर्वोच्चको आदेश https://www.dhangadhikhabar.com/news/12269 Tue, 31 Mar 2020 17:37:24 +0545 https://www.dhangadhikhabar.com/news/12269 सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ। सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई बिनाशर्त कोरोना सं‌क्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ। सर्वोच्च अदालत बार एशोसिएसनको तर्फबाट अधिवक्ता पुष्पराज पौडेलसहितले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो।

सर्वोच्चले निजी अस्पतालले कोरोनाका बिरामीको उपचारबाट पन्छिन नपाउने गरी अन्तरिम आदेश दिएको हो। सर्वोच्चले कुनै पनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो। 

‘कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा कोरोना संक्रमणको उपचार गर्नबाट पन्छिन र यस उपचारको कार्यबाट विमुख हुने अधिकार रहेको देखिँदैन', सर्वोच्चको आदेशमा भनिएको छ, 'त्यसैले निजी स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मका बेड, आइसीयू, भेन्टिलेटरसहित  कोरोना भाइरसका बिरामीको उपचार चाहिने आवश्यक व्यवस्था मिलाउनू।’

सर्वोच्चले संसदको हिउँदे अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत आवश्यक नीतिगत तथा कानुनी व्यवस्था मिलाउने मागमा भने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। रिट निवेदक पौडेलका अनुसार यसबारेमा छलफल गर्न दुवै पक्षलाई चैत २३ गते डाकिएको छ। 
 

]]>
धनगढीका कोरोना भाइरस संक्रमित युवाको स्वास्थ्य अवस्था सामान्य https://www.dhangadhikhabar.com/news/12268 Tue, 31 Mar 2020 17:34:55 +0545 https://www.dhangadhikhabar.com/news/12268 सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित युवाको स्वास्थ्य अवस्था समान्य रहेको छ । धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित युवाको स्वास्थ्य अवस्था समान्य रहेको छ । अस्पतालमा कोरोना भइरस आशंकामा उपचार गरिएको बारे जानकारी सूचना सर्वजनिक गदै सेती प्रादेशिक अस्पतालले आईसोलेशन वार्डमा भर्ना भई कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय ती युवकको अवस्था समान्य रहेको बताएको हो ।

सार्वजनिक गरिएको जानकारी पत्रअनुसार अहिलेसम्म अस्पतालको आइसोलेशन वार्डमा २३ जना भर्नामध्ये १९ जनाको रिर्पोट निगेटिभ देखिएपछि घर फिर्ता पठाइएको र तीन जनाको रिपोर्ट आउनु बाँकी रहेको बताएको छ ।

त्यसैगरी ३ जना स्वास्थ्यकर्मी गरि २६ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा १ जनाको मात्रै कोरोना पोजेटिभ देखिएको बताउदै ६ जनाको रिपोर्ट आउन बाकी रहेको सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेय द्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।

]]>
महाकाली नदीमा हराएका युवक ६ दिनपछि मृत फेला https://www.dhangadhikhabar.com/news/12267 Tue, 31 Mar 2020 17:15:31 +0545 https://www.dhangadhikhabar.com/news/12267 पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि मंगलबार मृत अवस्थामा फेला परेका छन्। बैतडी : पौडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बेपत्ता भएका बैतडीका एक युवक ६ दिनपछि मंगलबार मृत अवस्थामा फेला परेका छन्। बिहीबार दशरथचन्द नगरपालिका १० का २२ वर्षीय सौरभ चन्द नन्तडी भन्ने स्थानबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। 

साथीहरुसँग पिकनिक गएका बेला महाकाली नदीमा पौडी खेल्दा बगेर बेपत्ता भएका हुन। सौरभको शव बगेको स्थानभन्दा ३ किलोमिटर तल तडीगाउँ भन्ने स्थानमा फेला परेको स्थानीय उत्तम चन्दले जानकारी दिए। 

भारतीय नागरिक दीपक चन्दले माछा मार्ने क्रममा जालमा सौरभको शव फेला परेको बताए। यसअघि बेपत्ता सौरभको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन गरिएको थियो। 
 

]]>
संसारभर १ लाख ६५ हजार मानिस कोरोना संक्रमणबाट निको भए https://www.dhangadhikhabar.com/news/12266 Tue, 31 Mar 2020 16:57:50 +0545 https://www.dhangadhikhabar.com/news/12266 हिजोसम्मको तथ्यांक अनुसार संसारका विभिन्न मुलुकका एक लाख ६५ हजार जना कोरोना संक्रमित निको भइसकेका छन्।यसरी निको हुने मध्ये धेरै जना चीनबाट रहेका छन् कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदो छ। योसँगै निको हुनेको संख्या पनि बढ्दै छ।

हिजोसम्मको तथ्यांक अनुसार संसारका विभिन्न मुलुकका एक लाख ६५ हजार जना कोरोना संक्रमित निको भइसकेका छन्।यसरी निको हुने मध्ये धेरै जना चीनबाट रहेका छन्। कोरोना भाइरसको उद्गम मुलुक चीनका ८१ हजार ५ सय १८ संक्रमितमध्ये ७६ हजार ५२ जना निको भएका छन्।

त्यहाँ संक्रमणका कारण हालसम्म ३३ सय ५ जनाको ज्यान गइसकेको छ।यस्तै संक्रमणबाट सर्वाधिक नागरिक गुमाएको इटालीमा १४ हजार बढी निको भएका छन् भने अर्को युरोपेली मुलुक स्पेनमा पनि १६ हजार बढी यसको संक्रमणबाट मुक्त भइसकेका छन्।

जर्मनीमा पनि साढे १३ हजार मानिस निको भएर घर फर्किएका छन् भने इरानमा १३ हजार ९ सय ११ जना निको भएका छन्।पछिल्लो समय अमेरिका ‍कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ।

त्यहाँ हालसम्म करिब १ लाख ६५ हजार जना संक्रमित भएकोमा ३ हजार १ सय ६५ जनाको मृत्यु भएको छ भने ५५ सय ६ जना संक्रमण मुक्त भएका छन्।


पछिल्लो विश्व विवरण अनुसार संसारभर ७ लाख ८५ हजार ७ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ जसमा ३७ हजार ८ सय १५ जनाको ज्यान गएको छ।हाल संसारमा रहेका ५ लाख ८२ हजार ३ सय ५५ जना संक्रमित मध्ये ९५ प्रतिशतलाई मध्यम स्तरको संक्रमण छ भने ५ प्रतिशतको संक्रमण अवस्था गम्भीर छ।

]]>
घरबाट नर्सलाई निकाल्ने वडा सचिव पक्राउ https://www.dhangadhikhabar.com/news/12265 Tue, 31 Mar 2020 16:48:52 +0545 https://www.dhangadhikhabar.com/news/12265 उनीमाथि घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ गणेपुरकी २० बर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोप लागेको थियो घोराही उपमहानगरपालिका वडा नं-२ का वडा सचिव नारायण आचार्य पक्राउ परेका छन्।

उनीमाथि घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं। १६ गणेपुरकी २० बर्षीया नर्स सिर्जना खड्कालाई निकालेको आरोप लागेको थियो।

त्यो खवर सार्वजनिक भए लगतै वडा सचिव आचार्यलाई आवश्यक कारवाहीका लागि पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो।

घोराहीस्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरु संगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन्।त्यहाँबाट निकालिएपछि हाल घोराहीस्थित एक होटेलमा बस्दै आएको खड्काले जानकारी दिएकी छिन्।

]]>
मुख्यमन्त्री भट्टले भिडियो कन्फ्रेन्स बाट भने, "संक्रमण न्यूनीकरण गर्न सवै लागौँ" https://www.dhangadhikhabar.com/news/12264 Tue, 31 Mar 2020 16:39:37 +0545 https://www.dhangadhikhabar.com/news/12264 कोरोना भाइरसको सामना र नियन्त्रणमा भएका प्रयासकाका बारेमा सुदूरपश्चिम प्रदेश सरकारले सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ । धनगढी । कोरोना भाइरसको सामना र नियन्त्रणमा भएका प्रयास र आगामी रणनीति बारेमा सुदूरपश्चिम प्रदेश सरकारले सरोकारवालाहरुसँग भिडियो कन्फ्रेन्स गरेको छ ।

आज भएको उक्त कन्फरेन्समा ९ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, अस्पतालका मेडिकल सुपरिडेन्ट र प्रमुख जिल्ला अधिकारीहरुको सहभागीता रहेको थियो ।

कोरोनाको नियन्त्रण र भईरहेका प्रयासका वारेमा भिडियो कन्फ्रेन्समा छलफल भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । कन्फ्रेन्सबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले महाविपतिको घडीमा संक्रमणलाई न्यूनीकरण गर्ने प्रयासमा सवै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले संक्रमणबाट बच्न र बचाउन सरकारले गरेकानिर्णयहरु कार्यान्वयनमा जोड दिदै आम नागरिकलाई संक्रमणबारे सचेतना जगाउन र क्वारेन्टाईनको भरपुर व्यवस्थापन गर्न सुझाब दिनु भएको थियो ।

त्यस्तै सीमाक्षेत्रमा अलपत्रपरेका नेपालीको अवस्थावारे पनि छलफल भएको थियो कार्यक्रमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने सामाग्री, विभिन्नखालका औषधि र खाद्यान्नको अभाव हुन थालेको बताउनु भएको छ ।

छलफलमा प्रदेशसरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी पनि सहभागी थिए ।

]]>
नेपाल भ्रमण वर्ष २०२० स्थगित https://www.dhangadhikhabar.com/news/12263 Tue, 31 Mar 2020 16:36:20 +0545 https://www.dhangadhikhabar.com/news/12263 नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् । सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । यसअघि अप्रिलसम्मका लागि मात्र स्थगित भएको यो अभियान अब भने औपचारिक रुपमा स्थगित भएको हो ।

नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिएका छन् ।उनका अनुसार भ्रमण वर्षको केशरमहलस्थित सचिवालयसमेत १ वैशाख २०७७बाट विघटन हुने भएको छ । सचिवालयको नेतृत्व व्यवसायी सुरज वैद्यले गरिरहेका छन् ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो । तर, सन् २०१९ को डिसेम्बरबाटै देखा परेको कोरोना भाइरसका कारण यो अभियान नराम्रोसँग प्रभावित बन्यो ।

खासगरी चिनियाँ र भारतीय पर्यटकीय स्रोत बजारलाई प्राथमिकता दिएको सरकारले यी दुई मुलुकबाट मात्र ठूलो संख्यामा पर्यटक भित्राउने योजना समेत बनाएको थियो ।

कोरोनाले विश्वव्यापी सन्त्रास फैलिएसँगै सरकारले एक महिना अगाडि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको थियो ।  तर, कोरोना थामिनुको साटो अझ परिस्थिति जटिल बन्दै गएपछि अहिले आवातजावत बन्द भएको छ । अधिकांश देश लकडाउनमा छन् । एयरलाइन्स कम्पनीका जहाजहरु ग्राउण्डेड भएका छन् ।

सरकारले यस वर्ष ६५ करोड रुपैयाँ बजेट राखेर भ्रमण वर्षको घोषणा गरेको थियो । १ जनवरीमा धुमधामका साथ भ्रमण वर्षको औपचारिक शुभारम्भ भएको थियो ।

७ जनवरीमा संसारभरका नेपाली मिसन तथा कूटनीतिक नियोगमा यस अभियानको शुभारम्भ गरिएको थियो । तर, भ्रमण वर्षको चौथो महिना मै सरकारले यो अभियान बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएको हो ।

भ्रमण वर्ष स्थगित भएसँगै सरकारले अबको एक दशक अर्को भ्रमण वर्ष घोषणा नगर्ने बताइसकेको छ ।  पर्यटन मन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण दशक घोषणा गर्ने तर, अब कुनै वर्ष विशेषलाई भ्रमण वर्ष घोषणा नगरिने बताएका छन् ।

एक दशकभित्र पर्यटनका आधारु्रत पूर्वाधार निर्माण भइसक्ने र अर्थतन्त्रको मूख्य आधारका रुपमा यसलाई विकास गर्नेगरी भ्रमण दशकका रुपमा मनाउने सोचमा सरकार रहेको छ । उनका अनुसार आगामी आवको नीति तथा कार्यक्रमबाट यसको घोषणा पनि गरिनेछ ।

]]>
बोलन्या थलीद्धारा सुकुम्बासी शिविरका २३ घरपरिवारलाई खाद्यान्न सहयोग https://www.dhangadhikhabar.com/news/12262 Tue, 31 Mar 2020 16:13:20 +0545 https://www.dhangadhikhabar.com/news/12262 बोलन्या थलीले विपन्न घरपरिवारलाई घरदैलो गरेर खाद्यान्न सहयोग गरेको छ । धनगढी : बोलन्या थलीले विपन्न घरपरिवारलाई घरदैलो गरेर खाद्यान्न सहयोग गरेको छ । कोरोना जोखिमबाट बच्न सरकारले देशभरी लकडाउन लगाए पछि दैनिक गाँस टार्न समस्यामा परेको  धनगढी उपमहानगरपालिका स्थित वडा नम्बर ६ धनचौरी सुकुम्बासी  शिविरका  २३ घरपरिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको हो ।

बोलन्या थलीले सन्चालन गरेको आश्रय (अड्डाबाट दाना पानी अभियानको चौथो दिन मङ्गलबार धनचौरी सुकुम्बासी  शिविरमा रहेका २३ घरपरिवारलाई  नुन, तेल, दाल , चाउचाउ, मसला सामाग्री बितरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।

उक्त दाना पानी अभियानलाई दीपेन्द्र शाह , पंकज शर्मा , बिक्रम बोहरा, उत्तम ओझा, मनोज कुमार चन्द, र गड्शेरा डोटी निवासी एक युवा(नाम खुलाउन नचाहने) ले सहयोग गरेको संयोजक जोशीले बताए । 

]]>
इटालीमा ‘लकडाउन’ अवधि थपियो https://www.dhangadhikhabar.com/news/12261 Tue, 31 Mar 2020 16:03:16 +0545 https://www.dhangadhikhabar.com/news/12261 नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न संघर्षरत इटालीले ‘लकडाउन’ अवधि थप गरेको छ । इटालीले ‘इस्टर’ अर्थात् अप्रिल १२ सम्म ‘लकडाउन’ अवधि थप गरेको हो नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न संघर्षरत इटालीले ‘लकडाउन’ अवधि थप गरेको छ । इटालीले ‘इस्टर’ अर्थात् अप्रिल १२ सम्म ‘लकडाउन’ अवधि थप गरेको हो । 


पछिल्लो तीन सातादेखि इटाली ‘पूर्ण रूपमा बन्द’ छ । अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिइएको छैन भने मानिस भेला हुने सबै सार्वजनिक क्षेत्र बन्द छन् । देशैभर सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको छ र ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालित छन् ।


मृतक संख्याका आधारमा कोरोनाबाट विश्वमै सबैभन्दा प्रभावित इटालीमा थप संक्रमित संख्यामा भने सोमबार कमी आएको छ । आइतबार ३ हजार ८ सय १५ जना संक्रमित पुष्टि भएकोमा सोमबार मात्र १ हजार ६ सय ४८ थप संक्रमित पाइएका छन् । नयाँ संक्रमित संख्यामा कमी आए पनि मृतक संख्यामा भने पुनः वृद्धि भएको छ । अघिल्लो दिन ७ सय ५६ जनाको मृत्यु भएको इटालीमा सोमबार थप ८ सय १२ जनाको मृत्यु भएको छ ।


मंगलबारसम्म इटालीमा ११ हजार ५ सय ९१ जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ भने १ लाख १ हजार ७ सय ३९ जना संक्रमित पुष्टि भएकोमा १४ हजार ६ सय २० जना निको भएका छन् । संक्रमण र मृत्यु दर रोक्न हरसम्भव प्रयासमा रहेको इटालीले अबको एक साताभित्र कोराना संकट उच्च बिन्दूमा पुग्ने र त्यसपछि घट्दै जाने विश्वास व्यक्त गरेको छ ।


 

]]>
एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड पुँजीगत लाभ कर https://www.dhangadhikhabar.com/news/12260 Tue, 31 Mar 2020 15:50:37 +0545 https://www.dhangadhikhabar.com/news/12260 मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिनुभयो ।कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री वापतको पुँजीगत लाभकर ४ अर्ब ६० करोड रुपैयाँ तिरेको छ ।

मंगलबार एनसेलले सो रकम तिरेको ठूला करदाता कार्यालय प्रमुख झलकराम अधिकारीले जानकारी दिनुभयो ।कुल २२ अर्ब ४५ करोड रुपैयाँ पुँजीगत लाभ कर निर्धारण भएकामा एनसेलले यसअघि ४ अर्ब ५० करोड रुपैयाँ कर तिरेको थियो ।अब कम्पनीले १४ अर्ब ४० करोड तिर्न बाँकी छ । उक्त रकम लकडाउनलगत्तै तिर्न आग्रह गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो।

]]>
बिपन्न समुदायलाई लक्षित गर्दै वडा नम्बर ३ का जनप्रतिनिधीद्धारा सहयोग अपिल https://www.dhangadhikhabar.com/news/12259 Tue, 31 Mar 2020 15:42:06 +0545 https://www.dhangadhikhabar.com/news/12259 कोभिड १९ अर्थात कोरोना भाइरसको पुर्व सतर्कता स्वरुप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदूरी गरि खानेहरुलाई समस्यामा पारेको छ । उनिहरुलाई छाक टार्नै धौ धौ भएको छ । धनगढी : कोभिड १९ अर्थात कोरोना भाइरसको पुर्व सतर्कता स्वरुप सरकारले गरेको लकडाउनका कारण दैनिक मजदूरी गरि खानेहरुलाई समस्यामा पारेको छ । उनिहरुलाई छाक टार्नै धौ धौ भएको छ । 

दैनिक ज्यालादारीमा काम गरेर घर खर्च चलाउने बिपन्न समुदायलाई लक्षित गर्दै धनगढी उप महानगरपालिका वडा नम्बर ३ का जनप्रतिनिधीहरुले सहयोग अपिल गरेर अभियान चलाएका छन् । अभियान चलाएसंगै आज अमेरिका तथा अस्टेलियामा बस्ने युवकहरुले ७० हजार बराबर आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी मदन भट्ट मार्फत सो अभियानमा उनिहरुले सहयोग गरेका हुन् । सहयोग गरेसंगै उप महानगरपालिका वडा नम्बर ३ को टिमले छाक टार्नै मुस्किल भएका भन्सार गौरिटोलका ९४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । वडाका बिपन्न तथा छाक टार्नै मुस्किल परेका ब्यक्तीहरुको पहिचान गरी खाद्यान्न वितरण गरेको वडा सदस्य ओम बिक्रम चन्दले बताए । 

सोमबारबाट सहयोग अभियान थालेको सो टिमले थुप्रै क्षेत्रबाट सहयोग पाएको जनाएको छ । केही क्षेत्रबाट आर्थिक तथा केहीबाट खाद्यान्न नै सहयोग भएको वडा अध्यक्ष बल बहादूर ऐरले बताए । यो अभियान अन्तर्गत सबै वडाका छाक टार्न मुस्किल परेका नागरिकहरुलाई खाद्यान्न सहयोग गरिने उनले बताए । 

धनगढी उपमहानगरपालिका ५ घर भई हाल अस्टेलियामा रहेका अनिल भट्टले ५१ हजार तथा धनगढी ८ बुद्धचोक घर भई हाल अमेरिकामा रहेका दिनेश कार्कीले २१ हजार सहयोग गरेको रकमबाट खाद्यान्न वितरण गरेको समाजसेवी मदन भट्टले बताए । बिभिन्न क्षेत्रबाट आएको सहयोगलाई वडा नम्बर ३ को अभियानमा समाबेस गरिएको उनले बताए । 

लकडाउनले मजदूरी गर्न नपाएपछि छाक टार्नै मुस्किल परेका नागरिकहरु खाद्यान्न पाएसंगै खुशी भएका छन् । दिनभरी अर्काको मजदूरी गरेर खानेलाई सानो सहयोगलेपनि धेरै राहत पुगेको उनिहरुले बताएका हुन् । यस्ता सहयोग अन्य क्षेत्रबाटपनि आए भोकै बस्नु नपर्ने उनिहरुको बिश्वास छ । 

]]>
मानसिक समस्या भएका व्यक्तिले प्रहरीमाथि चक्कु प्रहार https://www.dhangadhikhabar.com/news/12258 Tue, 31 Mar 2020 15:22:10 +0545 https://www.dhangadhikhabar.com/news/12258 भक्तपुरको सूर्यविनायकमा खटिएका एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् ।रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् । भक्तपुरको सूर्यविनायकमा खटिएका एक प्रहरी हवल्दारमाथि मानसिक समस्या भएका व्यक्तिले चक्कु प्रहार गरेका छन् ।रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् ।


महानगरीय प्रहरी वृत्त, जगातीका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका थिए । त्यसक्रममा नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु हानेका हुन् ।दुवैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

]]>
भारतबाट डडेल्धुरा आएका एक जनाको नमूना सकंलन https://www.dhangadhikhabar.com/news/12257 Tue, 31 Mar 2020 15:16:21 +0545 https://www.dhangadhikhabar.com/news/12257 डडेल्धुरामा कोभिड–१९ कोरोना भाइरसको आशंकामा एक जनाको नमुना संकलन गरिएको छ। डडेल्धुरा : डडेल्धुरामा कोभिड–१९ कोरोना भाइरसको आशंकामा एक जनाको नमुना संकलन गरिएको छ। जिल्लाको अमरगढी नगरपालिका-९ का अन्दाजी २० वर्षीय पुरुषको नमुना संकलन गरिएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

उनी १० दिन अगाडी भारतको मुम्बइबाट घर आएको र रुखाखोकी र सामान्य ज्वरो देखिएकाले डडेल्धुरा अस्पतालमा थ्रोट स्वाब संकलन गरिएको सूचना अधिकारी पन्तले बताए।

संकलन गरेको नमुना परिक्षणका लागि स्वास्थ्य निर्देशनालाय हुदैँ काठमाडौं पठाइने  उनले बताए।

]]>
कञ्चनपुर प्रवेशमा कडाइ, दशगजामा ६८ नेपाली अलपत्र https://www.dhangadhikhabar.com/news/12256 Tue, 31 Mar 2020 15:10:31 +0545 https://www.dhangadhikhabar.com/news/12256 कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले थप कडाइ गरेको छ । महेन्द्रनगर : कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले थप कडाइ गरेको छ । स्थानीय प्रशासनले भारतीय सहरबाट मजदुरी गरेर फर्किंदै गरेका नेपालीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । 

स्थानीय प्रशासनले सुरक्षाकर्मी खटाएर भारतबाट फर्किएका नेपालीलाई दशगजा क्षेत्रमा रोकेर राखेको छ । सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेका छन् ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले महाकाली नगरपालिकाका नजिकैको गडिगोठ क्षेत्रमा ५० र ब्रह्मदेव क्षेत्रमा १८ जनालाई रोकिएको बताए । गृह मन्त्रालयको आदेशअनुसार उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको उनको भनाइ छ । 

गृहको आदेशबमोजिम गरिएको हो । गृहले जे आदेश गर्छ त्यही अनुसार गर्छौं,” सीमा अलपत्र नेपालीलाई के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने ।  दशजगा क्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहरू सोमबार बेलुकी भारतका विभिन्न सहरबाट पैदल सीमा क्षेत्रमा पुगेका थिए । 

]]>
लकडाउन उल्लंघन गरेका युवक कुट्ने सशस्त्र प्रहरी निलम्बित https://www.dhangadhikhabar.com/news/12255 Tue, 31 Mar 2020 15:02:49 +0545 https://www.dhangadhikhabar.com/news/12255 सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ सीमावर्ती क्षेत्रमा भारतबाट औषधि किनेर आइरहेका सप्तरीका दुई युवकमाथि कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको सशस्त्र प्रहरीले जनाएको छ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल(भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

‘मगरलाई यहाँ तानेर अनुसन्धान सुरु गरेका छौं’ उद्धव न्यौपानेले भने, “उनलाई कारबाही गरिन्छ ।”
 

]]>